सुदन किरातीले के भने शेरधन आक्रमाणको बारेमा ?

भोजपुर । मंगलवार विहान भोजपुर प्रदेशसभा ख का वामगठवन्धनका उम्मेदवार शेरधन राई माथी भएको आक्रमण धमिलो पानीमा माछा मार्ने वानी परेकाहरुको नियोजित व्यवहार भएको प्रतिनिधि सभाका उम्मेदवार पुर्वसभाषद सुदन किरातीले बताए ।
किरातीले घटनापछि आफ्नो फेसवुकमा विचार पोष्ट गर्दै संक्रमण र यथास्थितिमा रमाउन चाहने र देशलाई सधै द्धन्द्धमा धकेल्ने प्रवृत्ति भएकाहरुको नियोजित प्रहार भन्दै खेद व्यत्त गरेका छन् ।
न्यायप्रेमी भोजपुरे जनता र समग्र नेपाली जनातको परिवर्तनगामी चाहानप्रति नै गहिरो चोट लागेको भन्दै किरातीले प्रतिकृयावादी हरुको हर्कतलाई खारेज गर्न वाम गठवन्धनका सम्पुर्ण कार्यकर्ता नेता तथा शुभेच्छुकहरुलाई आग्रह समेत गरे ।
मुलुकलाई स्थायी सरकार, शान्ती तथा समृद्धि प्रदान गर्ने अभियानमा वामगठवन्धन अगाडी वढिसकेकाले यो अभियान झिनामसिना हर्कतले नरोकिने किरातीको भनाई थियो । किराती वामगठन्धनको तर्फवाट प्रतिनिधिसभाका उम्मेदवार हुन ।