शेरधन राईमाथी बम हमला गरेर निर्वाचन विथोल्न खोजियोः वाम गठवन्धन

भोजपुर । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री सूचना तथा सञ्चार मन्त्री शेरधन राई माथि बम प्रहार भएपछि देशमा स्थायित्व नचहानेहरुले भोजपुरमा ठुलो गिरोह परिचालन गरेको बाम गठबन्धनको निष्कर्ष रहेको छ । बाम गठबन्धनका उमेदवारहरुले बुधवार मिडिया सेन्टर भोजपुरमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
यसभन्दा अगाडी समेत भोजपुर जिल्लामा रहस्यमय घटनाका दोषी हालसम्म पत्ता नलाग्नु र पूर्व मन्त्रि माथि नै बम प्रहार हुनु गम्भिर विषय रहेको प्रतिनिधि सभाका उमेदावर सुदन किरातीले बताए । त्यस्तै कार्यक्रममा बोल्नुहुदै पुर्व मन्त्री एवं बाम गठबन्धन प्रदेश तर्फ क्षेत्र नं–२ का उमेदवार शेरधन राईले यो घटना सुनियोजित हिसावले आफ्नो राजनितिक इतिहासलाई समाप्त गर्ने उद्धेश्यले गरीएको बताए । आफुले राष्ट्रको काम गर्दा कसैलाई असर पर्ने काम नगरेको समेत दावी गरे ।
राईले यो घटना विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीलाई इंगित गर्दै यो घटनाको विषयमा जसलाई शंका गरीएको छ त्यस समुहले नभएर बामपन्थी शक्तिहरुको विजयबाट अतिएका तत्वहरुको हार मानशिकताको पराकाष्ट रहेको दावी गरे । कार्यक्रममा क्षेत्र नं–१ का बाम गठबन्धनका उमेदवार राजेन्द्रकुमार राईले सुरक्षा निकाय गम्भिर भएर उमेदवारहरुको सुरक्षमा लाग्नुपर्ने बताए ।