प्युठानका वावु–छोरीलाई ‘भोजपुर ट्रेल रनिङ्ग’को उपाधी (फाेटाे फिचर)

भोजपुर । अल्ट्रा म्याराथुन धाविका मीरा राईको सम्मानमा गरिएको भोजपुर ट्रेल रनिङको उपाधी प्यूठानका वावुछोरीले हात पारेका छन् । पुरुष तर्फको उपाधी वुवा दामोदर वुढामगर र महिला तर्फको उपाधी उनकै छोरी हुमी वुढामगरले हात परेकी हुन् ।
दामोदरले निर्धािरत १७ किलो मिटरको दुरी १ घण्टा ५५ मिनेट ३२ सेकेन्डमा पुरा गर्दै उपाधी जितेका हुन भने, हुमीले निधारित दुरी २ घण्टा ३५ मिनेटमा २७ सेकेन्डमा पुरा गरेका थिइन् । त्यस्तै पुरुष तर्फ प्युठानकै रुपलाल वुढामगर द्धितिय भएका छन् । उनले निर्धािरत दुरी २ घण्टा ३७ सेकेन्डमा पुरा गरेका थिए । उनि दामोदरका आफ्नै भाई हुन् । त्यस्तै तृतिय, भोजपुरका भुमीराज राई, चौथो धनकुटाका विवेक राई र पाँचौ राम वहादुर गुरुङ्ग भएको रीमाचुङ स्पोर्टस एककेमीका अध्यक्ष पावीहाङ राईले बताए ।
उनिहरुले निर्धािरत दुरी क्रममा २ घण्टा १ मिनेट ३१ सेकेन्ड, २ घण्टा ८ मिनेट २८ सेकेन्ड र २ घण्टा ९ मिनेट ४३ सेकेन्डमा पुरा गरेका थिए । त्यस्तै महिला तर्फ द्धितिय भोजपुरकी प्रतिभा श्रेष्ठ, तृतिय भोजपुर साङ्गपाङकी सुनिता राई, चौथो विना राई र पाँचौ स्मीता तामाङ्ग भएकी छिन् । उनिहरुले निर्धािरत दुरी क्रमश २ घण्टा ४७ मिनेट २१ सेकेन्ड, ३ घण्टा ३ मिनेट ४४ सेकेन्ड, ३ घण्टा ७ मिनेट १४ सेकेन्ड, ३ घण्टा ८ मिनेट ४१ सेकेन्डमा पुरा गरेको रीमाचुङ स्पोर्टस एककेमीका अध्यक्ष राई बताए ।
ट्रेलमा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने महिला पुरुष दुवैले क्रमशः १० हजार, ८ हजार, ६ हजार, ४ हजार, २ हजार प्रमाणपत्र र मेडल पाएका छन्् । १७ किलो मिटरको दुरीमा हुने दौड पौवादुङ्मा गाउँपालिकाको सानोदुम्मा थर्पु विद्यालयबाट, मानेडाँडा, वास्तीम, पारपानी हुदै भोजपुरको टुडिखेल आएर सम्पन्न भएको थियो ।
त्यस्तै सिनीयर पुरुष सिनियर महिला, जुनियर महिला

 र जुनियर पुरुषले ३÷३ हजार मेडल प्रमाण–पत्र वितरण गरिएको रीमाचुङ स्पोर्टस एककेमीका अध्यक्ष राईले जानकारी दिनुभयो । यस प्रतियोगितामा प्रथम हुने महिला सहभागीले आगमी जनवरीमा हङ्ककङ्गमा हुने ५० किलोमिटर गोर्खा रेसमा सहभागी हुन पाउने अध्यक्ष राईले बताए ।

ट्रेलमा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने महिला पुरुष दुवैले क्रमश दश हजार, आठ हजार, छ हजार, चार, हजार, दुई हजार मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा प्रथम हुने महिला सहभागी हुमी वुढामगरले आगामी जनवरीमा हङ्कङमा हुने ५० किलोमिटर गोर्खा ट्रेलमा सहभागी हुन पाउने भएकी छिन् ।

दौड पौवादुङमा गाउँपालिकाको सानो दुम्मा माध्यमिक विद्यालयबाट, मानेडाँडा, वास्तीम, अखुवाखोला,पारपानी टक्सार हुदै भोजपुरको सहिद पार्क सम्म १८ किलो मिटरमा गराइएको थियो । रीमाचुङ स्पोर्टस एकाडेमी र सानोदुम्मा माध्यमिक विद्यालयको आयोजनामा गरिएको प्रतियोगितामा मिरा राईको पनि प्रत्यक्ष सहभागीता रहेको थियो ।