भोजपुर । जिल्लाको विकास गर्नका लागि राजेन्द्रकुमार राईलाई भोट हाल्नका लागि टेम्के मैयुङ गाउँपालिकाका अध्यक्ष धुव्रराज राईले सबै मतदातालाई आग्रह गरेका छन । मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा बामगठबन्धनका तर्फबाट भोजपुर प्रदेश नं ‘क’ का उम्मेदवार नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्रकुमार राईलाई भोट हालेर जिताउन आब्हान गरेका हुन ।
भोजपुर क्षेत्र नं. १ का एमाले राजेन्द्रकुमार राईलाई भोट हालेर जिताए भोजपुरको विकास हुने र अजम्बर राई काङमाङलाई जिताए नाकाबन्दी हुने भन्दै सबै जनताहरु विकासको पक्षमा उभिनका लागि अनुरोध गर्दछु उनले भने ‘अजम्बर काङमाङ संविधान विरोधी भएको स्मरण गराउँदै, संविधान जारी भएको बेला संघीय समाजवादी फोरमले नेपाल र भारत सीमामा गएर नाकाबन्दी गरेको कुरा सम्झनुहोस । नेपाली जतनतालाई दिएको सास्ती एकपटक स्मरण गर्नुहोस । नाकाबन्दीको बेला हामीले लिएको राष्ट्रियतकाको अडान र अजम्बर काङमाङहरुले देश विरोधी चलाएको अभियान ताजै छ । देशलाई विखण्डन र जातीय हिंसाको पक्षमा जो कोही उभिनु भयो भने भोली त्यो खतरनाक हुनेछ ।
लोकतान्त्रिक गठबन्धनको नाममा भएको अजम्बर काङमाङको उम्मेदवारीले कुनै अर्थ नराख्ने पनि धु्रवराज राईको भनाई छ । अजम्बर काङमाङले गुरु र चेलाको तुलना गर्दै हिडेको छ । राजनीतिमा अघि र पछि जो पनि हुन्छ, अघि र पछि हुदैमा गुरु चेला नहुने र त्यस्ता कुराले कुनै अर्थ नराख्ने टेम्के मैयुङ गाउँपालिकाका अध्यक्ष धु्रवराज राईले भने ‘महावठबन्धन हुदाँ त मैले धुलो चटाए, राजेन्द्रले अजम्बरलाई धुलो चटाउन कुनै समस्या पदैन । अहिले राजेन्द्र र अजम्बरको हलै मिलेको छैन ।