मेयर वीरबल राईले बनाए कार्यकारी अधिकृतको कार्यकक्ष फोडेर कांग्रेस कार्यकर्ता राख्ने थलाे (भिडियाे सहित)

भोजपुर । उत्तरी षडानन्द नगरपालिकाका मेयर बीरबल राईले कार्यकारी अधिकृतको आवासमा लोकतान्त्रिक गठबन्धनका नेता तथा कार्यकर्ता राख्ने थलो बनाएका छन् । निमित्त अधिकृत राजेश काफ्ले बस्दै आएको आवास आइतबार राती ताला फोडेर कार्यकर्ता बसाएका हुन् ।

निर्वाचनका कार्यक्रमको सिलसिलामा सदरमुकाम अधिकृत काफ्ले आएको समयमा कसैलाई थाहै नदिई फोडेका उपमेयर मेरीका राईले बताइन् । ‘कर्मचारीहरुले आज विहान मलाई जानकारी दिएका हुन्, गएराती त्यसो भएछ, हामी जनप्रतिनिधि कसैलाई यसबारे जानकारी छैन,’ उनले बताइन् । अधिकृतको आवासमा कार्यकक्ष बनाएर पुर्व राज्य मन्त्रि तारामान गुरुङ लगायतका उच्च पदस्थ कांग्रेस नेतालाई बस्ने थलो बनाएका छन् ।

‘मलाई त्यसबारे केहि थाहा छैन, यदि त्यसो हो भने कानुन बमोजिम कार्यबाही भैहाल्छ नि,’ उनले अधिकृत काफ्ले फोन सम्पर्कमा बताए । आफु निर्वाचनका कारणले सदरमुकाममा रहेको र जानकारी मलाइ नभएको बताए अधिकृत काफ्लेले बताए ।

कर्मचारीले राती ताला फोड्ने क्रममा कार्यालयमा कागजपत्र हुने भएकाले नफोड्न र स्थानीय होटलमा राख्न बताएका थिए । तर मेयरले हेपाहा भाषामा कार्यथलोका लागि कार्यकक्ष मिलाउन भनेपछि कर्मचारी चुपचाप रहुनपरेको कर्मचारीले बताए ।

उनले कार्यकक्षमा लोकतान्त्रिक गठबन्धनको सभा, बैठकहरु राख्दै आएका छन् । यसबारे मेयर राईलाई सोध्दा एकैचाटी आक्रोसित भए । ‘म मेयरको हैसियतले मेरो नगरपालिका क्षेत्रमा पाहुना राख्न नपाउनु ? हंगामा मच्याउनु पर्ने ? कसले सुनायो यो कुरा ?’ मलाई तताउने काम नगर्नु भन्दै उनले भने, ‘कार्यकारी नभएको ठाउँमा जोकोही राख्ने मेरो अधिकार हो’ उनले भने । मेयरले आफ्नो अधिकारको कुरा रहेको भन्दै जो कोहीलाई राख्न मिल्ने बताए । जो कोहीलाई राख्न मिल्छ भन्दैमा तपाईले कांग्रेसका कार्यकर्ता राख्न मिल्छ ? भन्ने प्रश्नमा उनले भने, ‘मेरो अधिकारको कुरा हो, राज्यले भाडा तिरेको ठाँउमा मेरो अधिकार हुन्छ ।’

https://youtu.be/UmxphNVFacg