वाम गठबन्धनलाई धक्का दिदै, ५० कार्यकर्ता कांग्रेसमा प्रवेश

भोजपुर ।  मंसिर  १० मा हुन लागेको आसन्न निर्वाचन नजिकिँदै जाँदा पार्टी परिवर्तनको लहर बढिरहेको छ । भोजपुरमा पनि वाम गठबन्धनको इलाका मानिएको रामप्रसाद गाउँपालिका १ हुर्वुभञ्जयाङका ५० जनाभन्दा बढी कार्यकर्ताहरु सोमबार कांग्रेसमा प्रवेश गरेका छन् ।

सो क्षेत्र वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार सुदन किरातीको आधार इलाका हो । तर, सोही क्षेत्रबाट सोमबार कुमार तामाङको नेतृत्वमा ५० जनाभन्दा बढी वाम गठबन्धनका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई प्रतिनिधिसभा सदस्य कांग्रेस उम्मेदवार उमेशजंग रायामाझी र प्रदेशसभा (ख) का उम्मेदवार गोविन्द कार्की, समानुपातिक उम्मेदवार माया राइले पार्टी प्रवेश गराउँदै स्वागत गरेका थिए । यही मंसिर १० र २१ गते मुलुकभर प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।