काठमाण्डौं । नेपालमा बाल सञ्चारको क्षेत्रमा कार्य गर्ने उदेश्यका साथ अनलाइन बाल पत्रिकाको श्री गणेश भएको छ । बाल आवाज नामक अनलाइन बाल पत्रिका बालबालिकाहरुकै पहलबाट सुभारम्भ भएको हो । सोमबारबाट अन्तरराष्ट्रिय बाल अधिकार दिवसको अवसर पार्दै अनलाइनको सुभारम्भ गरिएको अनलाइन सञ्चालन समितिका प्रमुख खेवाहागं मेवाहागंले बताए । बालबालिकाहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन तथा बालबालिका सम्बन्धी सत्य तथ्य जानकारी सञ्चार गर्न यो अनलाइन सञ्चालनको शुभरम्भ गरिएको हो ।
नेपालमा बालबालिका क्षेत्रमा भएका गतिविधिहरु र बालबालिकाको क्षमता र प्रतिभाको विषयमा कमै काम भएको महसुस गरि यो पत्रिका सञ्चालनमा ल्याइने को अनलाइन सञ्चालन समितिका प्रतिनीधी प्रमुख भविष श्रेष्ठले बताए । नेपाल भरि दिनदिनै जसो बालबालिका सम्बन्धी कार्य भए पनि सूचना र सञ्चार कम भएकोले यो महत्वपूर्ण कदम चालिएको हो ।
अनलाइन बाल पत्रिका बाल आवाजमा बालबालिकाले आफै लेखेको वा कुनै बाल साहित्यकारहरु वा बाल अभियानताहरुले लेखेको बालबालिका सम्बन्धी कविता, लेख, कथाहरु अनि मिठा मिठा चुटकिलाहरु जस्ता प्रतिभाहरु, जानकारीमुलक लेखहरु, बालबालिका सम्बन्धि बनेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनहरु र बालबालिकाहरुसंग सम्बन्धित सत्य तथ्य समाचार तथा सूचनालाई एकै ठाउँ गोलबन्द गरेर समावेश हुने छन् ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा बालबालिकाको अधिकारको कुराहरु दिनदिनै आए रहेको अवस्थमा नेपालमा पनि बालबालिका क्षेत्रमा धेरै विकास भएको पाइन्छ । अन्तरष्ट्रिय क्षेत्रमा भएको संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धी १९८९ तथा नेपालमा नै बनेको नेपालको संविधान २०७२ को भाग ३ धारा ३९ मा रहेको मौलिक हक लगायतका हक अधिकारहरुको बारेमा नेपालमा सरकारी तथा गैह्र सरकारी तवरबाट धेरै प्रयासहरु भएको छ । यस्ता प्रयासहरुलाई सञ्चार माध्यममा अगाडी ल्याइएको हो ।
बालबालिकाको अन्तरनिहित क्षमताको सम्मान र प्रष्फुटन गरि उनीहरुको व्यत्तित्व विकासमा कार्य गर्ने नेपालमा एउटा छुट्टै उत्कृष्ठ माध्यमको आवश्यकता रहेको स्पष्ट छ । र यसका निमित्त बाल आवाजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।
बालबालिका क्षेत्रको विकास र सूचना सञ्चारमा अब बालबालिका एक कदम अगाडी हुनु पर्ने कुरामा जोड दिने महान उद्देश्य लिएर अनलाइन बाल पत्रिका बाल आवाज सञ्चालन भएको हो।