नेपालीहरुको लामो समयको बलिदान र त्यागबाट प्राप्त भएको ‘नेपालको संविधान -२०७२’ कार्यान्वयन गर्ने दिशामा देश होमिएको छ । संविधान कार्यान्वयनको आधारहरुमा स्थानीय निर्वाचन, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन रहेको थियो ।
स्थानिय निर्वाचन भएरपनि जनताले स्थानीय सरकार पाईसकेका छन् । तर स्थानिय सरकारले पाएको अधिकारलाई प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन नभइकन कुनै अधिकार सम्पन्न बनाउन सकेको छैनन् । देशमा संविधान कार्यान्वयनको एउटा जिम्मेवारी त छदैछ, त्यो भन्दापनि देशलाई विकासको दिशामा लैजानु पर्ने अर्को महान काम छ । यसको लागि स्थिर र बलियो सरकार नभई हुनेवाला केही पनि छैन । प्रतिनिधि सभा र प्रदेश सभाको मुखमा आएर स्थानीय निर्वाचनबाट पहिलो शक्तिको रुपमा स्थापित नेकपा (एमाले) र तेस्रो शक्तिको रुपमा देखिएको नेकपा माओवादी (केन्द्र) बिच पार्टी एकता संगै चुनावि गठबन्धनले देशलाई परिवर्तन गर्दै स्थिर र बलियो सरकार निर्माणको आधारशिला निर्माण गरेको विज्ञहरु बताउछन् ।
उता स्थानीय निर्वाचनबाट दोस्रो ठुलो पार्टीको रुपमा नेपाली जनता माझ उभ्याएको नेपाली काङ्ग्रेसले पनि साना दलहरुसगँ गठबन्धन गर्दै लोकतान्त्रिक गठबन्धन निर्माण गरेका छन् । नेकपा (एमाले) , नेकपा माओवादी (केन्द्र) लगायत साना दलहरूसित तालमेल गरेर निर्माण भएको वाम गठबन्धन देशलाई समृद्ध बनाउने उदेश्य सहित स्थिर र बलियो सरकार निर्माण गर्न भन्दै चुनावमा होमिएका छन् । लोकतन्त्र रक्षाका निम्ति लोकतान्त्रिक गठबन्धन भन्दै नेपाली काङ्ग्रेस , राप्रपा , संघिय समाजवादी फोरम लगायतका साना दलहरू एकठाउँमा उभिएका छन् ।
निर्वाचनको मुखमा आएर जनतालाई लोभ्याउने खालका भाषण गर्न पोख्त नेताहरूले देशलाई विकासको दिशातर्फ दोहोर्याएका भने छैनन् । विकासका नारा लिएर नेताहरु चुनाव ताका गाउँ गाउँ पस्ने तर चुनाव जितेपछि सिन्को नभाच्ने गरेको आम मतदाताको गुनासो छ । भोजपुर नगरपालिका वाड न: २ निवासी एक वृद्ध बताउछन् :- “म अहिले ६० वर्षको भए तर राजनीतिक रुपमा सक्षम पार्टी देखेको छैन् । नेपाल परिवर्तन गर्न सक्ने पार्टीको खडेरी छ । म राम्रो पार्टीको खोजीमै रहेको छु ।”
मतदाताले विकास निर्माणमा गहकिलो काम नगरेका राजनीतिक दल र तिनका उम्मेदवारहरुलाई यो पटक पनि मत खसाल्न मतदाताहरु ईच्छुक देखिन्छन् । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचन आउन केही दिन मात्र बाकी रहदा मतदाताहरुले कसलाई भोट लगाउने भन्ने कुराको छिनोफानो गरिसकेको छन् । देशलाई अबको केही वर्षमा परिवर्तन भएको देखाउने उदेश्य लिएका वाम गठबन्धनको पक्षमा देशै भरि माहोल देखिएको छ ।
२०६४ सालको संविधानसभाको निर्वाचनमा पहिलो , २०७० दोस्रोपटक भएको संविधानसभाको निर्वाचनमा तेस्रो र स्थानीय निर्वाचन तेस्रो पार्टी भएको नेकपा माओवादी (केन्द्र) र २०६४ सालको संविधानसभा निर्वाचनमा तेस्रो , २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा दोस्रो र स्थानीय निर्वाचनमा पहिलो पार्टी भएको नेकपा ( एमाले ) लगायतका साना दलहरुले बनाएको वाम गठबन्धनले मात्र देशलाई नयाँ दिशा देखाउने धेरैको बुझाई छ । उता काङ्ग्रेस लगायतका साना दलहरूले एकदलीय सत्ता निर्माण गर्न खोजेको भन्दै आरोप लगाएको छ । मतदाता भने देशमा अझैपनि स्थिर सरकार निर्माण नहुने हो भने विकास निर्माणले गति लिन नसक्ने बताउदै देशलाई समृद्धको बाटोमा लैजान स्थिर र बलियो सरकारनै चाहिने बताउछन् । मतदाताले लोकतान्त्रिक गठबन्धनलाई सुझाव दिदै भन्छन :- लोकतान्त्रिक गठबन्धनले अबको ५ वर्षसम्म सरकारको प्रतिपक्षमा बसेर काम गर्नुस् ।
विश्वको परिपाटीमा कुनैपनि देश परिवर्तनमा स्थिर सरकारको प्रतिपक्ष दलको समेत ठुलो भुमिका भएको पाईन्छ । त्यसैले नेपाली काङ्ग्रेस लगायतका साना दलहरुले प्रतिपक्षमा बसेर काम गर्न समेत मतदाताले आग्रह गरेका छन् ।