संखुवासभाः निर्वाचनलाई मध्यनजर गरी किमाथांका नाका मसिर ८ गते देखि ११ गते सम्मका लागि बन्द हुने भएको छ। चार दिनका लागि चीन तर्फबाट र नेपाल तर्फबाट आवतजावत पूर्ण रुपमा बन्द गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशिले बताए।
प्रशासनको जानकारीपछि स्थानीयबासीलाई खाद्य सामाग्री र अत्यावश्क सामाग्री जोहो गर्न समेत जानकारी गराइसकेको वडा अध्यक्ष तेन्छेवी शेर्पाले बताए।किमाथांकाका ८९ परिवार र भोटखोला चेपुवा, हटिया लगायतका गाउँ चीनको देन्दा, चाँगा, नादा बजारबाट सामाग्री खरिद कै भरमा बाँच्न बाध्य छन्।
बुधबार र शनिवार मात्र प्रवेश दिदै आएको चीन सरकारले समेत नाका बन्द गर्ने बिषयमा स्वीकार गरेको अध्यक्ष शेर्पाले बताए।