संखुवासभामा ६५ प्रतिशत मत खस्यो

भोजपुर । आइतबार भएको पहिलो चरणमा चुनावमा ६५ प्रतिशत मत खसको छ । मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
संखुवासभामा नौ स्थानको मतपेटिका भोलि सोमबार नेपाली सेनाको हेलिकप्टर मार्फत सदरमुकाम खाँदबारी ल्याइने भएको छ भने नजिकका मतदान केन्द्रका मतपत्र ल्याउन सुरु शुरु गरिएको छ । आज करीब ६० प्रतिशत मतपेटिका आइसक्ने मुख्या निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने मुख्य निर्वाचन अधिकृत प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनु भएको छ ।
निर्वाचन सम्पन्न भइसकेपछि चौबिसै घण्टा मतपेटिकालाई सुरक्षा घेरामा राखिने प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिनुभएको छ । सदरमुकामबाट टाढा रहेकोमतदान केन्द्रका मतपेटिका सोमबार हेलिकप्टरबाट सदरमुकाम ल्याइने भएको छ ।