भोजपुर। भोजपुरमा ५८.०५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद पाेखरेलले दिएको जानकारी अनुसार भोजपुरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ ।
१ लाख ३ हजार ७ सय ४५ जनाले मतदाता रहेको भोजपुरमा ६५ हजार ९ सय १५ मत खसेको छ । चुनावअघि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ठाउँ–ठाउँमा बम विष्फोट र उम्मेदवारमाथी आक्रमण गरेपनि मतदानमा भने त्यति धेरै प्रभाव नपरेको निर्वाचन अधिकारी पोखरेलले जानकारी दिनुभयो । सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिएको भोजपुरका २ स्थानमा बम विष्फोट भए पनि कुनै क्षति भने भएन ।