वेलुकासम्म मतपेटिका सदरमुकाम ल्याइदै (कुन–कुन ठाउँको बाँकी छ हेर्नुहोस् )

भोजपुर । भोजपुरमा आसपासका मतदान केन्द्रका मतपेटिका अवेर रातीसम्म सदरमुकाम ल्याइपु¥याएका छन् भने अन्य स्थानको मतपेटिका सोमबार वेलुकासम्म सदरमुकाम ल्याइपु¥याउने तयारी भइरहेको मुख्य निर्वाचन अधिकारी राजेन्द्रप्रसाद पोखरेलले बताउनुभएको छ ।
जिल्लाका ट्याम्के मैयुङ्ग गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, अरुण गाउँपालिका, पौवादुङ्मा गाउँपालिका, भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाको किमालुङ्ग, साङ्गपाङ्ग, देउराली र बोयाको मतपेटिका अवेर रातीसम्म सदरमुकाम ल्याइएको छ ।
त्यसैगरी जिल्लाको उत्तरी साल्पासिलिछो गाउँपालिका, हतुवागढि गाउँपालिका, आमचोक गाउँपालिका र षडानन्द नगरपालिकाको केहि वडा मतपेटिका वेलुकासम्म सदरमुकाम ल्याउने जिल्ला निर्वाचन अधिकारी पोखरेलले बताउनुभयो ।
‘दलहरुसँग छलफलमा छौ कुरा मिलेमा सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याउने तयारी रहेको प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले बताउनुभयो ।
हिजो भएको मतदानमा भोजपुरमा ५८.०५ प्रतिशत मत खसेको थियो । स्थानीय तहको निर्वाचनमा ६६.१ मत खसेको थियो । दुवै निर्वाचनको तुलना गर्दा ८.०५ प्रतिशतले कम देखिन्छ ।
चुनावअघि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ठाउँ–ठाउँमा बम विष्फोट र उम्मेदवारमाथी आक्रमण गरेपनि मतदानमा भने त्यति धेरै प्रभाव नपरेको निर्वाचन अधिकारी पोखरेलले जानकारी दिनुभयो । सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिएको भोजपुरका २ स्थानमा बम विष्फोट भए पनि कुनै क्षति भने भएन ।