जिल्लाका सबै मतपेटिका सदरमुकाममा,

सङ्खुवासभा । संखुवासभाको भोटखोलाबाट मतपेटिका हेलिकप्टरमार्फत मंगलबार बिहान खाँदबारी ल्याइएपछि जिल्लाका सबै मतपेटिकाको संकलन सकिएको छ । दुर्गम र सुरक्षा चुनौती देखिएका स्थानबाट नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याइएको हो ।
मंगलबार जिल्लाको विकट माएिको भोटखोला गाउँपालिकामा रहेका किमाथाङ्का , थुदाम , रिदाक , हटिया्र , चेपुवा ,हुङगुङ्र ,च्याम्ताङ , सिलिचोङ गाउँपालिकामा रहेको खेम्पालुङ आधारभूत विद्यालय, गङथाला केन्द्र र मकालु गाउँपालिकामा रहेको दिपज्योती आधारभूत विद्यालय केन्द्र याफूको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट ल्याइएको दहालले जानकारी दिनुभयो ।

१ सय ३ मतदान स्थलका १ सय ५३ मतदान केन्द्र मध्ये मंगलबार सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइसकिएको जिल्ला निर्वाचन अधिकारी ऋषि दहालले जानकारी दिनुभयो । सदरमुकाम ल्याइसकिएका मतपेटिका जिल्ला समन्वय समितिको सभाहलमा राखिएको छ ।

मतपेटिका र अरु सामग्रीहरु सीसी क्यामराको निगरानीमा राखिएको छ । मतगणना नहुँदासम्म मतपेटिकालगायतका सामग्रीको सुरक्षा जनपथ र सशस्त्र प्रहरीले गर्नेछन् ।मुख्य निर्वाचन अधिकृत राउतले प्रहरीसँगै राजनीतिक दलका प्रतिनिधिहरु पनि सँगै रहने व्यवस्था मिलाइएको जानकारी दिए । सोमबार बिहान बसेको मुख्य निर्वाचन अधिकृत, राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकायसहितको सर्वपक्षीय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकका मतपेटिका छुट्टा–छुट्टै स्थानमा राख्ने निर्णय गरेको थियो ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा संखुवासभामा ६५ प्रतिशत मत खसेको थियो । एक लाख ५ हजार ८५ मतदाता रहेको संखुवासभामा ६९ हजार १ सय जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

उच्च सुरक्षा सतर्कताका साथ मतपेटिकालाई राख्ने र मंसिर २१ गते बेलुका ५ बजेपछि मतगनणा सुरु गर्ने सर्वदलीय सहमति भएको छ । मतपेटिका राखिएका कोठामा राजनीतिक दलले समेत आ–आफ्नो ताल्चा लगाउन मिल्ने गरी सहमति गरिएको छ ।