सङखुवासभा । जिल्ला समन्वय समिति संखुवासभाको प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला लगाइएको छ । संखुवासभाका १ सय ५३ ओटै मतदान केन्द्रका मतपेटिका जिल्ला समन्वय समितिको हलमा राखिएपछि ताला लगाइएको हो ।
मंगलबार जिल्लाको विकट मानिएको भोटखोला गाउँपालिकाका सात ओटा मतदान केन्द्र, सिलिचोङ गाउँपालिकाको एक मदतान केन्द्र र मकालु गाउँपालिकाको एक मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत खाँदबारी ल्याइएपछि जिल्लाका सबै मतपेटिकाको संकलन गरेर जिल्ला समन्वय समितिको हलमा राखिएको छ । समन्वय समितिको हलमा प्रतिनिधिसभा र समानुपातिका तर्फको मतपेटिका राखिएको छ भने प्रमुखको कार्यकक्षमा प्रदेशसभा क तर्फका मतपेटिका र उपप्रमुखको कार्यकक्षमा प्रदेशसभा ख तर्फको मतपेटिका राखिए पछि जिल्लाका सबै दल, उम्मेद्वार, मुख्य निर्वाचन अधिकृतको रोहवरमा सबै दलले आ–आफ्ना ताला लगाएर सिलबन्दि गरीएको छ ।
सोमबार बिहान बसेको मुख्य निर्वाचन अधिकृत, राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकायसहितको सर्वपक्षीय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकका मतपेटिका छुट्टा–छुट्टै स्थानमा राख्ने निर्णय गरेको थियो ।
मंगलबार जिल्लाको विकट माएिको भोटखोला गाउँपालिकामा रहेका किमाथाङ्का , थुदाम , रिदाक , हटिया्र , चेपुवा ,हुङगुङ्र ,च्याम्ताङ , सिलिचोङ गाउँपालिकामा रहेको खेम्पालुङ आधारभूत विद्यालय, गङथाला केन्द्र र मकालु गाउँपालिकामा रहेको दिपज्योती आधारभूत विद्यालय केन्द्र याफूको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट ल्याइएको जिल्ला निर्वाचन अधिकृत ऋषि दहालले जानकारी दिए ।
मतपेटिका र अरु सामग्रीहरु सीसी क्यामराको निगरानीमा राखिएको छ । मतगणना नहुँदासम्म मतपेटिका लगायतका सामग्रीको सुरक्षा जनपथ र सशस्त्र प्रहरीले गर्नेछन् । मुख्य निर्वाचन अधिकृत प्रकास राउतले प्रहरीसँगै राजनीतिक दलका प्रतिनिधिहरु पनि सँगै रहने व्यवस्था मिलाइएको जानकारी दिए ।