भोजपुर । भोजपुरमा सबै मदान केन्द्रका मतमेटिका सदरमुकाम आइपुगेको छ । सोमबार साँझसम्म सबै मतदान केन्द्रबाट मतपेटिका आईसक्ने अनुमान गरिएता पनि भौगोलिक विकटता र यातायातको पहुँच नहुनाले केहि मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या भएको थियोे ।
उत्तरी साल्पासिलिछो गाउँपालिका अन्र्तगतका दोभाने, खाटम्मा, कुलुङ्ग, चौकीडाँडा लगायत क्षेत्रका १२ वटा मतदान केन्द्रको मतपेटिका मंगलबार सदरमुकाम आइपुगेको मुख्य निर्वाचन अधिकृत हश्चिन्द इङनामले बताउनुभयो ।
उक्त क्षेत्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाममा ल्याउने भनिए पनि राजनीतिक दलका प्रतिनिधीहरुले अस्वीकार गरेपछि पैदल र गाडीबाट ल्याइएको सुरक्षा स्रोतले जनाएको छ ।
सोमबार नै मतपेटिका राख्ने विषयमा मुख्य निर्वाचन अधिकृत, राजनितिक दल, सुरक्षा निकाय, जिल्ला निर्वाचन कार्यालयको संयुक्त छलफलपछि मतगणना नसकिएसम्म मतपेटिका सबै राजनीतिक दलका प्रतिनिधीको निगरानीमा सुरक्षा घेरामा राख्ने र सबै दलहरुले ताला समेत राख्ने निर्णय भएको मूख्य निर्वाचन अधिकृत ईङनामले बताउनुभयो ।
आईतबार सम्पन्न निर्वाचनमा कूल ५८ दशमलब १३ प्रतिशत मत खसेको थियो । जुन स्थानीय तहको निर्वाचनभन्दा ८ प्रतिशतले कम हो । छिटफुटका घटनाबाहेक भोजपुरमा आईतबार शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको थियो ।