भोजपुर । भोजपुरमा स्थानिय तहका जनप्रतिनिधि वीच दलिय स्वार्थको कारण नगरपरिषद तथा गाउँपरिषद नहुँदा स्थानीय तहको कामकाज प्रभावित भएको छ । समयमा नै निति तथा कार्यक्रम पारित गरेर योजनाहरु कार्यान्वयन गर्नुपर्नेमा अहिलेसम्म परिषद नहुँदा स्थानिय तहको काममा प्रभावित भएको हो ।
जिल्लामा २ नगरपालिका र सात गाउँपालिका गरी नौ ओटा स्थानीय तह रहेको भोजपुरमा पाँच ओटा गाउँपालिका र नगरपालिकाले मात्र नगर तथा गाउँपरिषद सम्पन्न गरेका छन्, भने एक नगरपालिका सहित तीन ओटा गाउँपालिकाको परिषद अझै हुन सकेको छैन् ।
हालसम्म नगरपरिषद नहुने स्थानीय तहमा षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, रामप्रसादराई गाउँपालिका र पौवादुम्मा गाउँपालिकाले परिषद सम्पन्न गरेका छन् । स्थानीय तहका जनप्रतिनिधि वीच किचलोको कारण ऐन तथा नियमावली पारित हुन नसक्दा परिषद हुन नकेको स्थानीय तहका प्रमुखहरु बताउँछन् ।
अन्य पार्टीबाट विजयी भएका उपप्रमुख लगायत सदस्यहरुले निर्णय प्रक्रियामा असहयोग गरेको कारण पटक–पटक वैठक वस्दा पनि ऐन तथा नियमावली पारित गर्न नसक्दा हालसम्म परिषद हुन नसकेको पौवादुम्मा गाउँपालिकाका अध्यक्ष किरण राईको बताउनुहुन्छ । अन्य स्थानीय तहहरुमा प्रमुखहरु अल्पमतमा परेकोले निर्णयहरु पारित नहुँदा परिषदमा ढिला भएको जनाइएको छ ।
जनप्रतिनिधि विच रहेको एक आपसको किचलोलाई हटाएर परिषद गराउने तयारी भईरहेको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले भने ‘ निर्वाचनको कारण यसअघि त परिषद गर्न मिलेन, तर अव भने हामी उनीहरु विच रहेको असझदारीलाई मिलाएर परिषद गराउने पहलमा छौ ।’ खासका स्थानिय तहका प्रमुख अल्पमतमा परेको कारण परिषद हुन ढिला भएको देखिएको उनको भनाई छ ।