निर्वाचनको नतिजा पर्खनका लागि सदमुकाम झरेका राजनीतिक दलका कार्यकर्ता तथा स्थानीयले चिया पसल सधैं भरिएको हुन्छ । सबैको चासो र वहसको विषय एउटै हुन्छ, कसले मार्ला बाजी ?
सदरमुकाम ओइरिएका कार्यकर्ताहरुले बजार क्षेत्रको होटल मात्र हैन बसाई सरी आएकाहरुको घरमा पनि टन्नै पाहुना लागेका छन् । सदरमुकामका २ दर्जन होटलहरुमा पाइला टेक्नेसम्म ठाउँ छैन ।
पहिलो चरणमा सकिएको निर्वाचनको मतगणना पनि मंसिर २१ गतेको दास्रो चरणको निर्वाचन पछि मात्रै हुने भएपछि राजनीतिक दलका कार्यकर्ताहरुको दिन कटाउने मेलो बनेको छ चियापसल । चिया र कफी पिएर घण्टौं समय बिताइदिने मानिसहरु थुप्रिएसँगै दूधको खपत पनि ह्वात्तै बढेको छ ।
अर्का व्यपारी ऊँ कटुवाल साहाकारी भोजनालयका दिपक कटुवालले हास्दै भने सधै भन्दा चिया अलि बढि नै बिक्छ, यहाँ आउनेले दिनहु उहि निर्वाचन र हारजितको कुरा गर्छन् ।
सदरमुकाम बीच बजारको सबैभन्दा बढी जमघट हुने कविता होटलका संचालक केबल कार्कीले अहिले मात्रै दैनिक ३० लिटर दुध खपत हुन थालेको बताए । चिया विक्री बढेका कार्की बताउछन ‘पहिले १० लिटर दूध खपत हुन्थ्यो,’ उनले भने ‘निर्वाचन पछि मेरो मात्रै होइन अन्य होटलहरुमा पनि दूधको माग दोब्बर बढेको छ ।’
चियाको चुस्कीसँगै त्यहाँ भेला भएका सबैले गर्ने कुराको प्रमुख विषय निर्वाचनको नतिजा नै हो । नतिजाको अनुमानसँगै विगतका निर्वाचनमा खसेको मत संख्या, हालैको स्थानीय निर्वाचनमा खसेको मत र यो निर्वाचनमा खसेको मतबारे ठूलै छलफल चल्छ त्यहाँ । रोचक कुरा त यसरी गफ्फिने लगभग सबैसँग जिल्लाका १ सय ३ मतदानस्थल र १ सय ५३ वटै मतदानकेन्द्रमा खसेका मतको तथ्यांक मुखस्त कण्ठ छ । ठ्याक्कै सम्झिन गाह्रो पर्नेले पनि मोवाईलमै खिचेर राखेका छन् तथ्यांकहरु ।
स्थानीय निर्वाचनभन्दा प्रतिनिधिसभा तथा प्रदेशसभामा थोरै मत खसेको विषयमा लामो र चर्कै बहस चल्छ । ‘‘यसपाला मत किन कम खस्यो ?’ भनेर चर्चा गर्दा कसैकसैले त कुरा नमिलेर पाखुरै सुर्कन्छन,’ बीच बजारका व्यवसायी उमेश बस्नेतले भने, ‘जिल्लामा ३६ हजारभन्दा बढीले मत किन हालेनन् र प्रोक्सी मत धेरै किन खस्छ भनेर दैनिक बहस र चर्चा हुन्छ ।’
बहसमा लामो समयदेखि लगातार केन्द्रको राजनीतिमा दबदबा राख्न सफल वाम गठवन्धनका एमाले नेता राजेन्द्र गौतमदेखि काग्रेशका प्रभावशाली नेता तथा काग्रेशका उम्मेद्वार दिपक खड्का र भर्खरै प्रदेशसभामा उम्मेदवारी दिएका दिपक लिम्बुसम्मको चर्चा हुन्छ ।
निर्वाचन क्षेत्र नं १ मा लगभव बराबरी जस्तै देखिएको मतदातामा निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसको आशा भएको टिप्पणी हुन्छ । जिल्लामा प्रतिनिधि सभा तर्फका दुवै उम्मेद्वार २ नम्बर क्षेत्रका नै हुन् । दुवै दलका आ आफ्ना समर्थकले आफ्नो उम्मेद्वारले जित्ने दावि समेत गर्न भ्याउछन । दुवै क्षेत्र र प्रदेशमा पनि दुवै दलले समग्रमा २ हजार बढी मत प्राप्त गरेको विषयलाई उठाउँदै दुवै क्षेत्रमा जित हुने ठोकुवा गर्नेको आवाज पनि ठूलै सुनिन्छ त्यहाँ ।
एकातर्फ बसेका वाम गठबन्धनका कार्यकर्ताले आफ्नो पार्टीले जित्ने ठोकुवा गर्छन् भने अर्कोतर्फ काग्रेशका कार्यकर्ता संखुवासभामा छोटो समयमा काग्रेस राजनीतिक हावी भई जिल्लाको तिब्र बिकास गरेका कारण काग्रेशले जित्न दावि गर्छन । फेरी त्यसको प्रतिउत्तर दिदै वाम गठबन्धनका कार्यकर्ताले अघिल्लो संविधानसभा काग्रेशले जिते पनि जिल्लाको विकास हुन नसकेकोले यो पटक भने वाम गठबन्धनले जित्ने तर्क अघि सार्छन् । संखुवासभामा २०६४ को निर्वाचनमा वाम गठबन्धनले जितेको थियो भने २०७० मा दुवै क्षेत्र काग्रेशले जितेको थियो ।
निर्वाचन पछि संकलन गरिएका दुवै निर्वाचन क्षेत्रका मतपेटिका जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको छ । सुरक्षा निकायका तीनवटै निकायको घेरा मात्रै हैन थप सुरक्षा सतर्कताकालागि बाहिर र भित्र सीसी टिभी पनि जडान गरिएको छ ।