खोटाङ। कतारमा चार महिनादेखि अलपत्र परेकी खोटाङ बास्पानीकी एक युवतीलाई नेपाल फर्काइएको छ । कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपिलासगढी गाउँपालिका–३ बास्पानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा नेपाल फर्काइएको हो ।
कम्पनीले निरन्तर काम लगाए पनि कम्पनी मालिकले चार महिनादेखि तलब नदिएपछि राईलाई कतारदेखि नेपालसम्मको एकतर्फी हवाई टिकट उपलब्ध गराएर स्वदेश फकाईएको समाजका द्धितीय उपाध्यक्ष रुद्र शर्मा आचार्यले बताए । पाउनुपर्ने बाँकी तलब उपलब्ध गराउन पटकपटक माग गर्दा पनि कम्पनी मालिकले वास्ता नगरेपछि मनराखीले श्रम अदालतमा उजुरी दिएकी छन् ।
अदालतमा उजुरी परेपछि कम्पनी मालिक सम्पर्कविहीन बनेपछि मन राखी विचल्लीमा परेको थियो । कम्पनीबाट लामो समयसम्म तलब नपाउँदा समस्यामा परेपछि उहाँले सहयोगका लागि खोटाङ सेवा समाजसमक्ष सहयोग मागेका थिए ।
पैसा कमाउने सपना बोकेर २७ महिना अघि कतार पुग्नुभएकी मनराखी खाली हात नेपाल फर्कका छन् । ऋण काँढेर कतार पुगीएकी उनि उल्टै अलपत्र बनेपछि परिवारको सपना भताभुंग भएको छ ।