भोजपुर । भोजपुर नगरपालिका क्षेत्रका ७२ जना महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सम्मान गरिएको छ । महिला स्वायम सेविकालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने सात हजार चार सयका दरले पोसाक भत्ता समेत वितरण गरिएको थियो ।
समुदाय स्तरमा स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण भुमिका खेलेकोले सम्मान स्वरुप उनिहरुलाई सम्मान गरिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी राजु कुमार श्रेष्ठले वताए ।
१४ औ अवसरमा दिवसको अवसरमा जिल्ला अस्पताल भोजपुरदेखि ¥याली शुरु गरी बजार परिक्रमा गरिएको थियो । ‘महिला स्वास्थ्य स्वयंसेविकाको सेवा, स्वस्थ समाजका लागि टेवा’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी भोजपुरमा पनि दिवस मनाइको हो ।