सामान्यतयाः जलवायु परवर्तन भन्नाले सामान्य हावापानीमा आएको परिवर्तन भनेर बुझ्छौँ । खासमा जलवायु परिवर्तन भनेको पृथ्वीको औषत मौसमी स्थितीको स्वरुमा आउने परिवर्तन हो ।
पुरा ब्रम्हाण्डमा पृथ्वी एकमात्र त्यस्तो ठाउँ हो, जहाँ जिवन्तताको अस्तित्व पाईन्छ । साना आँखाले नदेखिने एक कोषिय अमिबा देखि अत्याधुनिक ठुला समुद्री जहाज जत्रा स्तनधारी निलोह्वेल माछा जस्तो जीव जगत बाँच्ने उपर्युक्त जल, थल, हावापानी भएको एकमात्र ठाउँ हो । सबै जीवको उत्पति भएरै होला शास्त्रहरु पृथ्वीलाई ‘धरती मा’ भनेर गुनगान गाएको ।
दुनियाँमा काहिँ त्यस्तो ठाउँ छैन, जहाँ बनजंगल, खोलानाला, पहाड, हिमाल, तराई, खोँच, ढुङ्गा माटो, खनिज, हावापानी, पशुपंक्षी, चेतनशील मान्छेको बसोबास रहेको ठाउँ । जहाँ सबै समाहित भएर बाँचेका छन् ।
करिब साढे चार अरब बर्ष अगाडी पृथ्वीको उत्पति भयो । समय अन्तरालसंगै यसले विभिन्न रुप लियो । जिवन दियो । मानिसको संख्या तीब्र बढेसंगै पृथ्वीमा अहिले आएर अहिले झण्डै पाँच खर्ब जनसंख्या पुगिसकेको छ । मानब बिकाससंगै आधुनिकताले जगडिन थालेपछि विभिन्न औद्योेगिक उद्योगधन्दा, कलकारखाना, डिजेल पेट्रोल लगायत ज्वलन्शील पदार्थबाट चल्ने करोडौँ सवारी साधनहरु बने ।
ती सबै चीजहरुबाट निस्कने विषालु मिथेन, कार्बनडाईअक्साईड, कार्बनमोनोअक्साईड, नाईट्रोअक्साईड जस्ता ग्याँसहरु उत्सर्जन हुन्छ । जसको कारण पृथ्वीको माथिल्लो बायुमण्डलमा प्वाल अर्थात सूर्यको खतरनाक अल्ट्राभाईलेट किरण सिधै पृथ्वीमा आउने गर्छ । पृथ्वी र सम्पूर्ण जीवलाई सुरक्षित राख्ने वायुमण्डल नै आधुनिक उद्योग, कलकारखाना, मोटर गाडी, बनजंगल फडानी, विभिन्न रासायनिक पदार्थको उत्पादनबाट निस्कने अति विषालु ग्याँसले क्षयीकरण गर्दै लगेको छ । जुन विषालु ग्याँसलाई हामी ‘हरित गृह ग्याँस’ उत्सर्जन भन्छौ ।
त्यहि हरितगृह ग्याँस बढि उत्सर्जन भई विभिन्न तहमा रहेका वायुमण्डलमा छेद गर्न जान्छ, प्वाल पार्छ, जसका कारणले सूर्यको खराब विकिरण सिधै पृथ्वीमा आउने भएकाले सम्पूर्ण जीवहरुमा छालाको क्यान्सर, विभिन्न प्राणघातक रोगहरुको शिकार हुन्छन् ।
तर हरितगृह ग्याँस उत्सर्जनलाई शून्यमा झार्न नसके नि यसलाई न्यून भने गर्न सक्छौ । जस्तै वरपर बोटबिरुवा रोप्ने, काठ दाउराको पैठारी गर्दा एउटा रुख काट्दा दुइ वटा बिरुवा रोप्ने जसका कारण भु–क्षय पहिरोबाट बच्न सकिन्छ, उद्योग कलकारखानाबाट निस्कन विषालु रसायनलाई उचित तरिकामा फिल्टरिङ गर्ने वा आधुनिक बैज्ञानिक केमिकल विहिन उद्योगधन्दाको प्रविधि विकास गर्ने, उद्योधन्दा वरपर रुख विरुवा रोप्ने, जनचेतनामूलक कार्यक्रम, परियोजना चलाउने आदी ।
जलवायु परिवर्तनको बिधामा नोबेल पुरस्कार बिजेता संस्था अन्र्तराष्ट्रिय सरकारी प्यानल (आईपिसिसि) का अनुसार सन १९८० देखि १९९९ को गतिमा बर्षेनि १.५ देखि २.५ डिग्रीसम्म औषतभन्दा ज्यादा तापक्रम बढे बनस्पति र बन्यजन्तुको २० देखि ३० प्रतिशत प्रजाति लोप भएर जाने खतरा छ ।
सन् १८५० देखि अहिलेसम्म पृथ्वीको औषत तापक्रमभन्दा धेरै गरम भएको एक अध्ययनले देखाएको छ । सन् १९९५ देखि लिएर २००९ सम्म आईपुगेको कुल १४ बर्षको अन्तरालमा पृथ्वी १०० बर्षकै सबैभन्दा तातेको छ ।
हामी आँफै पनि के अनुभव गर्न सक्छौ भने हाम्रै वरपर वातावरणमा पनि बर्षेनी परिवर्तन देख्न सक्छौँ । जस्तैः गर्मीमा धेरै गर्मी, जाडोमा धेरै जाडो, फागुन चैत्रमा फुल्ने लालीगुँरास समय अगावै मंसिर पुषमा फुल्ने, हिउँ कम पर्ने, अतिबृष्टि, अनाबृष्टि आदी प्रकोपले गर्दा पानीका मुहान सुक्ने आदी । किन यस्तो हुन्छ त भन्दा सबै जलवायु परिवर्तनका कारणले हुन् । आजकल हाम्रै कृषिमा हेर्ने हो भने हामीले लगाएका कतिपय फलफुलहरु समय अगावै फुल्ने, फल्ने, झर्ने अर्थात कतिपय फलफुल पाक्नै नपाई कुहिएर झर्छन् ।
जलवायु परिवर्तनले मानिसको अस्तित्वमा ठुलो भुमिका खेलेको हुन्छ । जीवप्राणी जन्तु जगतलाई नभई नहुने अक्सिजनमा जलवायु परिवर्तनले गर्दा खतरनाक ग्याँसहरु उत्सर्जनले ठुलो हानी पु¥याईरहेको छ । हरिया बनजंगलको फडानी संगै हरितगृह ग्याँसको उत्सर्जनमा बृद्धि भएको छ । जसका कारण सम्पूर्ण प्राणी जगतमा नराम्रो असर पुगिरहेको छ ।
जलबायु परिवर्तनका कारक तत्वहरुः
१. सूर्यको विकिरणः
जलवायु परिवर्तनको प्रतिकुल असरले गर्दा पृथ्वीको ओजन तहमा प्वाल पार्ने हुँदा सूर्यको घातक अल्ट्राभाईलेट किरण सोझै पृथ्वीसम्म आईपुग्छ । जसले गर्दा पृथ्वीमा रहेका सम्पूर्ण जीवित बनस्पति तथा जविप्राणीहरुमा विभिन्न खतरनाक रोगको शिकारका कारण लोप हुन जाने सम्भावना हुन्छ । त्यसैले यो प्रमुख कारक तत्व हो ।
२. मानविय क्रियाकलापः
मानविय क्रियाकलापहरु जस्तैः जिवास्म ईन्धनको दहन, ठुलठुला औधोगिक, कलकारखाना, सवारीसाधनको बढि प्रयोग, बनजंगल फडानी, बढ्दो शहरीकरण, रासायनिक तत्वहरुको उत्पादनबाट निस्कने हरितगृह, कार्बन जस्ता खतरनाक ग्याँस उत्सर्जन हुन्छन्, जसले ओजन तहलाई सजिलै क्षेद पारेर सूर्यको विकिरणलाई पृथ्वीसम्म आईपुग्न मद्दत गर्दछ । मानविय क्रियाकलाप पनि एक प्रमुख कारक तत्वको रुपमा लिईन्छ ।
३. ज्वालामुखी विस्फोटनः
पृथ्वीमा धेरै कमजोर पहाड पर्वतहरु छन् । पृथ्वीभित्र रहेका तातो पग्लिएका अति रसायनयुक्त पदार्थ रहेका हुन्छन्, जो अत्याधिक मात्रामा धेरै भएर तीनै कमजोर पहाडपर्वतलाई फोडेर ज्वालमुखिको रुप लिई पृथ्वीको सतहसम्म आईपुग्छन् । जसको मात्रा विशाल हुने गर्छ । जसले पृथ्वी बाहिर रहेका बनजंगल, बोटबिरुवा, जैविक विविधतालाई नष्ट गरि वातावरणमा दुषित पार्नुको साथै अति घातक ग्याँसहरु उत्सर्जन हुन्छन् । जसले पनि वातावरणमा जलवायु परिवर्तन गर्नुमा ठुलो भुमिका खेल्दछ ।
४. कक्षीय परिवर्तनः
सबै ग्रहको एकनास कक्षमा घुम्ने स्थिती समान हुँदैन, जसले गर्दा ग्रहको स्थिती असामान्य हुने गर्दछ । पृथ्वीको पनि आफ्नै कक्ष छ । जुन रफ्तारमा रहँदा समायानुकुल स्थितीमा आफ्नो वायुमण्डलिय सन्तुलन एकनास रहेर वायुमण्डलको स्थिती सामान्य रहने गर्छ । यदि कक्षमा थोरैपनि परिवर्तन आयो भने जलवायु परिवर्तनमा प्रतिकुल असर पर्छ । कक्षमा आएको बदलावले मौसम असामान्य रुपमा बदलिन्छ, जसले विभिन्न नकरात्मक असर पर्नजान्छ । यसले पनि जलवायु परिवर्तनमा प्रतिकुल असर पार्ने भएकोले यसलाई कारक तत्वको रुपमा लिईन्छ ।
५. प्लेट टेक्टोनिक्स
टेक्टोनिक प्लेटोंको गति पृथ्वीमा जमिन एवम् महासागरको स्वरूपमा परिवर्तन आउने गर्छ । साथै लाखौं वर्षको अवधिमा स्थलकृति बदली हुन्छ । जसले जलवायु परिवर्तन गर्न मद्दत गर्दछ ।
जलवायु परिवर्तनले असर पार्ने तत्वहरु
१. बनजंगलमा प्रभाव
बनजंगलबाट हामी स्वच्छ अक्सिजन लिन्छौ । जलवायु परिवर्तनले गर्दा बनजंगल मासिने गर्छ । खराब ग्याँसको उत्सर्जनले गर्दा बनजंगलमा स्वतः प्रतिकुल असर पर्छ, बोटविरुवा मर्नुको साथै लोप हुने हुन्छ । यसको प्रतिकुल असर विभिन्न बनस्पतिका साथै जीवित प्राणीहरुमा पर्न जान्छ ।
२. जलमा असर
जलवायु परिवर्तनले गर्दा त्यसको प्रत्यक्ष असर जलस्रोतमा पर्ने गर्छ । औधोगिक क्षेत्र, कलकारखानाबाट निस्कने बिषालु रसायन पानीमा मिसिने हुँदा जलस्रोत पनि विषालु, दुषित हुने हुँदा पानीको स्रोतमा प्रतिकुल असर पुग्ने गर्छ । जसको सबैभन्दा घातक असरले पानीमा रहेका जिवित प्राणीहरु लोप हुने, मासिने गर्छ ।
३. बन्यजन्तुमा प्रभाव
जलवायु परिवर्तनले सबैभन्दा प्रतिकुल गम्भिर असर सम्पूर्ण प्राणी जगतमा पर्न जान्छ । दिनानुदिन जलवायु परिवर्तन बढ्दो छ । मानिसकै कारण हुने जलवायु परिवर्तनले गम्भिर असर पनि मानिस लगायत जीवित जिवजन्तुमा पर्ने गर्छ । पृथ्वीको वायुमण्डल रहेको ओजन तहमा पर्ने प्रतिकुल असरले विभिन्न घातक रोग, क्यान्सरयुक्त सूर्यको विकिरणले गर्दा सम्पूर्ण जीवजगतमा प्रतिकुल असर पार्दछ ।
निष्कर्षमा भन्दा जलवायु परिवर्तनका कारण मौसम दिनप्रत्दििन खराब हुँदै गईरहेको छ ।
जलवायु परिवर्तन बर्तमान विश्वकै चुनौती र समस्या हो । पृथ्वीमा एकनासको सामञ्जस्य अवस्था बनाईनु आवश्यक छ । जलवायु परिवर्तन अधिकांश रुपमा मानविय खराब प्रवृति, क्रियाकलापले गर्दा हुन्छ, जसको असर प्रति अप्रत्यक्ष रुपमा हामीलाई थाहा हुन्न । एउटा सामान्य आगो बाल्ने देखि लिएर ठुलठुला उद्योगधन्दाहरुको प्रयोगबाट यसमा अप्रत्यक्ष रुपमा असर पारिरहेको हुन्छ ।
एउटा सामान्य काठको टुक्रा बाल्दा पनि त्यसबाट कार्बनडाईअक्साईड ग्याँस निक्लिने देखि सवारीसाधनबाट निक्लने कार्बनमोनोअक्साईड सम्म मानविय सामान्य क्रियाकलापको माध्यमबाट उत्सर्जन हुने गर्दछ । जसको प्रत्यक्ष असर वायुमण्डलमा हुन गई जलवायु परिवर्तन हुने गर्दछ ।
विश्वका केही धनि राष्ट्रहरुले जलवायु परिवर्तन न्यूनिकरणको लागि अन्य देशहरुमा विभिन्न एनजिओ, आईएन्जिओमार्फत परियोजना, कार्यक्रम ल्याएर विस्तार गर्न खोजिएपनि अझैपनि जनमानसमा यसको प्रभाव कुनै फलदायी देखिदैन । ती धनि देशहरुले बाहिरी राष्ट्रका विभिन्न भेगमा पुगि बर्षेनि अर्बौँ डलर खर्चिरहेका छन् । तर पनि यसले कुनै प्रभावकारी भुमिका खेल्न सकेको छैन । जनमानसमा यसको चेतना कम भएकाले पनि प्रभाव पर्न नसकेको हो ।
नेपालमा पनि विदेश परियोजना अन्र्तगत नै जलवायु परिवर्तन विषयक बर्षेनि करौँडोको परियोजना पर्ने गर्छन् । तर पनि जनमानसमा खासै प्रभावकारी भएको देखिदैन । जलवायु परिवर्तनको असरबाट बेलैमा ध्यान पु¥याउन सकिएन भने भोलीका दिनमा सम्पूर्ण प्राणी जगतमा ठुलो असर पर्नजान्छ । सबै प्राणी मात्रै नभई मानव जातिकै अस्तित्व लोप हुन सक्ने खतरा अहिले बर्तमान विश्वले आकंलन गरेको छ ।