संखुवासभा । प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको मतगणनाको लागि संखुवासभामा तयारी पूरा भएको छ । बिहिबार बेलुका ५ बजेदेखि मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणनालाई सहज र चुस्त ढंगबाट सम्पन्न गराउन दल र उम्मेद्वारसहितको बैठक बसेको छ । मतपेटिका भने सदरमुकाम खाँदबारी स्थित जिल्ला समन्वय समितिको हलमा उच्च सुरक्षाका साथ राखिएको छ । मतपेटिका कुर्न विभिन्न दलका प्रतिनिधिहरु पनि २४ सैं घण्टा तालिका बनाएर पालैपालो डिउटि गर्ने गरेका छन् ।
मूख्य निर्वाचन अधिकृत राउतका अनुसार मतगणना स्थललाई सुरक्षित र व्यवस्थित गर्न वरपर तारबेरा समेत गरिएको छ । त्यस्तै मतगणनाका बेला दलका प्रतिनिधि, उम्मेदवार र पत्रकारहरुलाई बस्नको लागि ठाउँ पनि व्यवस्थित गरिएको छ ।
यस्तै मतगणनामा आवश्यक सामग्री र कर्मचारीहरुको समायोजन गरिसकिएको राउतले बताए । मतगणना स्थलमा सिसि क्यामेराको समेत निगरानी रहने छ । मतगणनाका बेला के कस्ता नियम लागू गर्ने र दलहरुका कोको प्रतिनिधि रहने विषयमा बुधबार सर्वदलिय बैठक गर्ने उनले बताए । मतगणनाको समयमा कुनै पनि घटना हुन नदिन जिल्ला सुरक्षा समितिले सुरक्षा व्यवस्थालाई चुस्त पारेको जनाएको छ ।
उम्मेदवारहरु जिल्ला फर्किए
मूख्य दलका उम्मेदवारहरु मतगणनाको मिति नजिकिदै गर्दा जिल्ला फर्किएका छन् । जिल्लामा पहिलो चरणको निर्वाचन सम्पन्न भए लगत्तै उनीहरु दोस्रो चरणको निर्वाचनका लागि आप्mना दलका उम्मेदवारहरुलाई चुनावी प्रचारमा सघाउन जिल्ला बाहिरिएका थिए । मूख्य प्रतिस्पर्धी मानिएका बाम गठबन्धनका साझा उम्मेदवार र लोकतान्त्रिक नेपाली कांग्रैसका उम्मेदवारहरु दलका उम्मेदवारलाई जिताउन दोस्रो चरणको निर्वाचनमा विभिन्न जिल्ला पुगेका थिए ।
गत सोमबार मध्यरातको १२ बजेदेखि निर्वाचन हुन लागेका ४५ जिल्लामा मौन अवधि सुरु भएसगै उनीहरु गृह जिल्ला फर्किएका हुन् । निर्वाचन प्रचारका सम्पूर्ण गतिविधिहरु सकाएर उनीहरु मंगलबार साँझ सम्ममा जिल्ला फर्किसकेका छन् ।
जिल्लामा बाम गठबन्धनका राजेन्द्र गौतम र नेपाली कांग्रेसका दिपक खड्काबिच प्रतिनिधिसभाका लागि कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
१ लाख ५ हजार ८५ कुल मतदाता रहेको यस जिल्लामा कुन ६९ हजार १ सय अर्थात ६५ प्रतिशत मत खेकोे थियो ।