अन्जु पन्तको डिभोर्सको वेदनालाई सबिना तामाङले उद्दार गरिन् (भिडियो सहित)

काठमाडौं । नेपाली गित संगित क्षेत्रमा एकछत्र राज गर्दै आएकी गायिका अन्जु पन्तको जिवनमा वैवाहिक सम्बन्धले ठुलो घात गर्यो । गायक तथा संगितकार मनोजराज सगँ वैवाहिक जिवनमा बाधिएका पन्त हाल एक्लै रहेकी छिन् ।

उनको डिभोर्स पछि लाखौं उनका फ्यानहरुले अन्जु पन्तलाई मनोबल दिने काम गरेका छन् । उनलेे गित मार्फत पुरानो सम्बन्धलाई सम्झना समेत गरे ।
गायिका अन्जु पन्तले पछिल्लो समय निकै वियोगान्तका गितहरु बजारमा ल्याएका छन् । पारस मणि बरालको शब्दमा रहेको गितमा अन्जु पन्तले आफ्नो स्वर दिएका छन् । गितमा शक्ति बल्लभको संगित भरेका छन् ।

गितको म्युजिक भिडियोलाई अक्सिजन मिडियाले बजारमा ल्याएको छ । म्युजिक भिडियोमा मोडल सबिना तामाङले अन्जु पन्तको वेदनालाई अभिनय मार्फत प्रस्तुत गर्न खोजेकी छिन् । सबिनालाई संम्सेरले साथ दिएका छन् । उक्त म्युजिक भिडियोलाई ओम प्रसाईले क्यामेरामा कैद गरेका छन् ।
(पूरा भिडियो हेरौं)