भोजपुरमा मतगणना शुरु, केही घण्टामा प्रारम्भिक मतपरिणाम आउँदै ( अपडेट सहित)

भोजपुर । मंसिर १० गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना ५ वजेबाट शुरु भएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको भोजपुरमा अहिले मतगणना भइरहेकाे छ ।
भाेजपुरमा तीनवटा कोठाबाट धमाधम मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले बताउनु भयाे। मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा मतगणना भइरहेको छ ।
प्रतिनिधि सभाको एउटा कोठामा दुई ठाउँ र प्रदेश सभाको दुई ठाउँ गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।