भोजपुर । भोजपुर प्रदेश नं. २ मा वाम गठबन्धन्तर्फका नेकपा एमालेका उम्मेद्वार पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राईले झण्डै दोब्बर मतान्तरका साथ शुरुवाती अग्रता लिइरहेका छन् ।
सदरमुकामस्थित मूख्य निर्वाचन अधिकृतको कार्यालय, भोजपुर अदालतमा साढे ५ बजेदेखि भइरहेको मतगणनामा अहिलेसम्म शेरधन राईले १ हजार ५८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रीक गठबन्धनतर्फका उम्मेद्वार नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीले ५ सय ९८ मत प्राप्त गरेका छन् । प्रदेश नं। २ मा हालसम्म ४ वटा मतदान केन्द्रको मतगणना सकिएको छ ।
त्यस्तै प्रदेश नं १ मा एमालेका राजेन्द्रकुमार राई २५ मतले अगाडी छन् । यहाँ राईले ३ सय ७२ मत र संघीय समाजवादी फोरमका अजम्बर काङ्गमाङ्गले ३ सय ४९ मत प्राप्त गरेका छन् ।
उता भोजपुरको प्रतिनिधिसभामा भने लोकतान्त्रिक गठबन्धनले शुरुवाती अग्रता लिएको छ । यहाँ नेपाली कांग्रेसका उमेशजंग रायामाझीले ७१९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका सुदन किरातीको ६६३ मत छ ।