दाेब्बर मतले पछि पार्दै अगडि बढे शेरधन

भोजपुर । भोजपुर प्रदेश नं. २ मा वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राईले दोब्बर मतले लोकतान्त्रिक गठनबन्धनका उम्मेदवार गोविन्द कार्कीलाई पछि पार्दै अग्रता लिइरहेका छन् ।
सदरमुकामस्थित मूख्य निर्वाचन अधिकृतको कार्यालय, भोजपुर अदालतमा साढे ५ः३० बजेदेखि मतगणनामा भइरहेकोमा अहिलेसम्म शेरधन राईले २ हजार ८ सय ३० मतले प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रीक गठबन्धनतर्फका उम्मेद्वार नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीले १ हजार ३४ मत प्राप्त गरेका छन् । प्रदेश नं. २ मा हालसम्म १० वटा मतदान केन्द्रको मतगणना सकिएको छ ।
त्यस्तै प्रदेश नं १ मा एमालेका राजेन्द्रकुमार राई २ सय २३ मतले अगाडी छन् । यहाँ राईले ८ सय ३४ मत र संघीय समाजवादी फोरमका अजम्बर काङ्गमाङ्गले ५सय ४१ मत प्राप्त गरेका छन् ।