भोजपुर । भोजपुरको दुवै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका अग्रता कायमै रहेको छ । मतगणनामा प्रतिनिधि सभा तथा प्रदेश सभामा वाम गठबन्धनका तीनै जना उम्मेदवारले अग्रता लिएका हुन् ।
प्रतिनिधि सभामा वाम गठबन्धका माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीले ४ हजार ९ सय ६५ मत मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार उमेशजंग रायमाझीले ३ हजार ६ सय ६ मत ल्याएका छन् ।
त्यस्तै प्रदेश सभा (क) मा एमाले उम्मेदवार राजेन्द्र कुमार राईले ३ हजार ७९ मत ल्याएका छन् भने संघीय समाजवादी फोरमका उम्मेदवार अजम्बर राई काङमाङले १ हजार ८ सय ३८ मत ल्याएका छन् ।
प्रदेश सभा (ख) मा एमाले उम्मेदवार शेरधन राईले ७ हजार ६ सय १८ ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर कार्कीले २ हजार ६ सय ८९ मत प्राप्त गरेका छन् ।