भोजपुरमा बाम गठबन्धनको क्लीन स्वीप

भोजपुर । प्रदेश सभा तथा प्रतिनीधि सभाको निर्वाचनमा भोजपुरमा बाम गठबन्धनले कब्जा गरेको छ । गत मंसिर १० गते सम्पन्न भएको प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनमा बाम गठबन्धनले कब्जा गरेको हो । बाम गठबन्धनका तीनै जना उम्मेदवारले फाराकिलो अन्तरले निर्वाचन जितेका हुन । प्रतिनिधि सभाको मतपरिणाम आए संगै वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका हुन ।
प्रतिनिधि सभामा बाम गठबन्धनमा उम्मेदवार नेकपा माओवादि केन्द्रका सुदन किरातीले ३४ हजार ३ सय ९४ ले जीत हासिल गरेको हुन भने प्रतिद्वन्दी कांग्रेसका उमेशजंग रायमाझीले २१हजार ६ सय ९६ ले पछाडि धकेलेको थियो । किराँतीले १२ हजार ६ सय ९८ को मतान्तरले जितेको हो ।

प्रदेश सभा क मा वाम गठबन्धनतर्फका नेकपा एमालेका उम्मेद्वार युवा नेता राजेन्द्रकुमार राईले १९ हजार २ सय ९७ मत लिएर विजयी भएको हो । पहिलो पटक चुनाव लडेका राईले यो जितसँगै संसदीय यात्रा शुरुवात गरेका छन ।
राईका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका उम्मेद्वार अजम्बर राई काङ्गमाङ्ग राईले ११ हजार ५ सय ४१ मत प्राप्त गरेका थिए ।शाहिकालमा पटक पटक जेल परेका र जनआन्दोलनमा सडकमा गणतन्त्रको नारा लगाएका युवामाझ लोकप्रिय राईले ७ हजार ७ सय ५६ मतान्तरका साथ विजयी भएका भएका हुन् ।
त्यसैगरी प्रदेशसभा ख मा बाम गठबन्धनबाट उम्मेदवार बनेका पूर्वसञ्चार मन्त्री एवंम नेकपा एमालेका पोलिटव्यूरो सदस्य शेरधन राईले २० हजार ३ सय ३४ मत ल्याएर विजयी भएका छन् । राईको निकटतम प्रतिद्वन्दि काँग्रेसका गोविन्दकुमार कार्कीले ७ हजार १ सय ५ मत प्राप्त गरेका छन् । १३ हजार २ सय २९ मतान्तरले राईले जीत हासिल गरेका हुन् ।
शेरधन यसअघि २ पटक भोजपुरबाट विजयी भएको थियो । प्रदेश नम्बर १ को मुख्यमन्त्रीको दाबेदारका रुपमा पनि हेरिएको छ ।