भोजपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरले भर्खरै सम्पन्न भएको निर्वाचनमा सूचना संकलनमा सहजता प्रदान गरेकोमा जिल्लाका सवै सरोकारवाला निकायलाई धन्यवाद दिएको छ ।
जिल्लामा क्रियाशिल पत्रकारहरुलाई निर्वाचनको वेला सुचना संकलनमा प्रभावकारी भुमिका खलेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रसासन कार्यालयले, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान, रणवम गण भोजपुर, ससस्त्र प्रहरी प्रहरी वल टक्सार गुल्म लगाएत सवैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरका अध्यक्ष श्यामकृष्ण दाहालले जानकारी दिए।
त्यस्तै निर्वाचन खटिएका मतदान अधिकृत, कर्मचारीलाई पनि धन्यवाद ज्ञापन गरेको छ । साथै महासंघले निर्वाचनको वेला जनतालाई सत्य तथ्य जानकारी दिन अहोराध्र खटेर सुचना सम्प्रेषण गर्ने सवै सञ्चारकर्मीलाई धन्यवाद दिएको छ ।