काठमाण्डौं । प्रतिनिधि सभामा वाम गठबन्धनले वहुमत पाएपछि भावी प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्ने लगभग निश्चित भैसकेको छ ।
एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दूई कार्यकारी मध्ये एक, एक नेतृत्व गर्ने बताएसँगै एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने प्रायः निश्चित भएको हो ।
निर्वाचनअघिका विभिन्न अन्तरवार्ता एवं सार्वजनिक कार्यक्रममा नै माओवादी केन्द्रका अध्यक्ष दाहालले सुविधाजनक वहुमत प्राप्त वामपन्थी सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष ओली नै हुने वताईसकेका छन् ।
यो सँगै नयाँ संविधानले तोकेको २५ मन्त्रीमण्डलभित्र एमाले, माओवादीका कुन कुन नेताले मन्त्री बन्ने मौका पाउँछन भन्ने चर्चा सुरु भैसकेको छ । अहिलेसम्म लाभको पदमा नपुगेका एमाले सचिव योगेश भट्टराई पहिलो नम्वरमा छन् । त्यस्तै एमालेवाट गोकर्ण विष्ट, घनश्याम भुषाल, महेश बस्नेत, नवराज सिलवाल, पद्यमा अर्याल, लालबाबु पण्डित, यज्ञबहादुर सुनुवार, दीपकप्रसाद भट्ट, कृष्णगोपाल श्रेष्ठ या रामवीर मानन्धर लगायतको नाम अग्रस्थानमा चर्चामा छ ।
त्यस्तै माओवादी केन्द्रवाट जर्नादन शर्मा, वर्षमान पुन, शिवकुमार मण्डल, देवेन्द्र पौडेल, प्रभु शाह, बिना मगर, पम्फा भुषाल, हितवहादुर तामागं, श्यामकुमार श्रेष्ठ, अमनलाल मोदी र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेललगायतको नाम चर्चामा छ ।
भावी प्रधानमन्त्री ओलीले पनि आफनो मन्त्रीमण्डलमा युवा नेतृत्वलाई बढि स्थान दिने मानसिकता बनाएका छन् । त्यसकारण पनि ओली मन्त्रीमण्डलमा युवापुस्ताको राम्रै वर्चश्व हुने पक्का जस्तै छ ।