एउटी महिलाको प्रेमीलाई प्रेमपत्र

आत्मिय मुटु भित्रको अनौठो मान्छे !                                                                                                         मितिः २०७४÷०७÷२७ सोमबार,

प्रेमिला अबिबादन !
खै, किन हो आजकल यी सम्बोधनहरु पनि फिक्का लाग्छन्, यी कयौं कोष प्रणाली जस्ता भावनाका अगाडि। तापनी ऐले सम्म नेपाली शब्दकोष मा बनेका यिनै शब्दको प्रयोग गर्नु हाम्रो अनुकुल छ। खैर, सम्बोधन जे जस्तै भएपनी आत्मसम्मान त हामी दुबैमा छ, निस्वार्थ प्रेम हामी दुबैमा जिवित छन्, तिनै हाम्रा लागि नखोजिएका र नभेटिएका अत्यन्त प्रेममय सम्बोधन मान्नुपर्छ।

सर्बप्रथम त एउटै मात्र हरपल कामना कि तिमी म नमरुन्जेल बाँच्नुपर्छ..! सायद स्वार्थी पो बनें कि ! तरै पनि पुर्खा संगको मेरो माग बस् यतिनै हो। किन थाहा छ ? किन भने तिमी एउटै त मेरो जीवन हौ, मेरो आशाको लाखौं किरण हौ, अनि अझ भन्नुपर्दा तिमी मेरो रक्षामन्त्री हौ। जीवन एक होईन शून्य लाग्छन् तिमी बिनाका सेकेन्डहरु, यो एकछिनको अनुभव होईन, यो जन्मभरिको अनुभूति हो। त्यसैले तिमी म भन्दा धेरै बाँच्नु भनी सदा मेरो आत्मले खै किन त्यही अध्यात्म चिन्तन गर्छ, खै किन तिम्रो नाममा आयुहरु मागिरहन्छु त्यो देवता संग, आखिर को हुन् ती देवता ? थाहा छैन। तापनी पुकार हृदयबाट पस्किरहेको हुन्छ। लाग्छ, सायद तिमी नै मेरो देवता हो।

आजभोली तिम्रो मेरो बर्तमान र भबिस्यको सपना मैले कयौं नदेख्ने गरेको कहाँ छु ररु धेरै नै देख्न थालेकी छु। तर सपना बाट झल्यास्स हुँदा चट्याङ्ग परेजस्तो हुन्छ तन र मन गलेर शिथिलताले भरिएको पाउछु, तिमीलाई थाहा नै छ कि म देशको सपना बुन्दै गरेकी केटी। जुन यस्तो देश जहाँ सयौं खुसीहरुले जेलिएका हुन्छन्, सुख होईन खुसी खोज्ने तिम्रो सानी म, त्यसैले त आजसम्म म सुख होईन खुसीले जिएकी छु। तिमिलाई थाहा छ म किरातीनी हुँ। किन किरातीनी भनियो ! यी शब्दमा कुन पद छन् ? पहिचान के त ? आदि इत्यादी प्रश्नहरु असिना जस्तै बर्सिन्छ मनभरी। म आफै अन्योलमा छु कि म किरातीनी हुनुको अर्थ के ? सामान्यतः म मानव हुँ। स्वभाविक रुपमा मानिस चेतनशिल प्राणि भएका कारण हाम्रा मुक्तकण्ठबाट निस्किने ध्वनिहरु सार्थक हुन्छन् भन्ने भनाई छ, त्यसैले त म यी नेपाली भाषामा लेखिरहेकी छु तिमिलाई यो प्रेमपत्र। भनिन्छ किरात पुर्खाका पनि छुट्टै शब्द संग्रह थिए, सार्थक ध्वनीहरु त हामिले पनि प्रयोग गरियो, ऐले जसरी यी लिपिमा शब्द खेलाईरहेछु, त्यस्तै हाम्रा पनि कयौं शब्दहरु, लिपिहरु थिए। तर खै त तिमिलाई मैले हाम्रो लिपिमा प्रेमपत्र लेखेकोरु खै त हाम्रो सार्थक भाषामा बोलेको ? कता हराए हाम्रा ती लिपि र भाषा ?
थाहा छ तिमिलाई ? आजकल मेरो मस्तिष्क भरी तिम्रो मिठासपुर्ण प्रेम संगै यी यस्ता बिबिध कुराहरुको जन्म भएको छ। म देशप्रेमी मान्छे देश भुगोल संगै त्यहाका जनतालाई पनि उत्तिकै माया गर्छु, तिमिलाई यी सब कुरा अबगत नै छ। तिमिलाई अझै धेरै थाहा हुनुपर्ने कुरा चाहिँ के भने, म आफुले आफैलाई आजकल धेरै माया गर्न थालेकी छु। म स्वार्थी भएछु क्यारे, तिमी संग बाँच्ने रहर थुप्रै जन्मिरहेका छन्, कति कति शब्दमा उतार्न असमर्थ छु। त्यसैले त आजकल मलाई मेरो सबैथोकको माया लाग्छ, मेरो शरीरको सम्पुर्ण अंगहरु,यहाँ सम्म कि मानव शरीर को सबैभन्दा सानो इकाई मेरो कोष सम्मको माया लाग्न थालेको छ। डर लाग्छ कतै जिउन चाहेको जीवन पाउन सकिनँ भने म कतै अन्धाकारमा भड्किन्छु होला। अनि अझ मेरो यति सुन्दर जीवन जिउनको लागि आबश्यक संस्कार संस्कृति को त झन् धेरै माया लाग्न थालेको छ। तर बिडम्बना क्यान्सर ले सखाप पारिसकेछ मेरो ती जीवन जिउने आधार संस्कार संस्कृति माथी। रोगले बिक्षिप्त पारिसकेछ। दुसित कृत्रिमताको उपभोगले क्यान्सर पिडित बनाएको छ हाम्रो संस्कारलाई, हाम्रो भाषा लिपिलाई सायद अब अप्रेसन सक्सेस होला कि नहोला ठेगान छैन। तर पनि तिम्रो सानी डाक्टर बन्ने हरपल कोसिस त गर्न सक्छु नि होईन र? तिमी जस्ता र म जस्ता कयौं प्रेमीले नेपालका यी कुराहरुको छानबिन गरि डाक्टर बन्नु आबश्यक ठानेकी छु।
ए कान्छा१ तिमी पनि मैले माया गर्ने मान्छे पो हौ त१ यस्ता कुराहरु एकपटक गहिरिएर सोच्नु र मात्रै तिम्री प्रेमिका माथी न्याय हुनेछ। अनि जिन्दगिका अनेकन जंघारहरु तर्नु छ, खुसिको महल उभ्याउनु छ१ उकाली ओराली र सयौं खोलानाला देउराली लाई पाती चढाउदै गन्तव्य स्थानसम्म पुग्नु छ। त्यो बेला सम्म तिम्रो साथको अपेक्षा त छदैछ त्यसमाथी पनि संगै हातेमालो गरि मलाई डाक्टर बनाउने लगानी पनि बेहेर्नु, अर्थात् हौसला प्रदान गर्नु। प्रत्येक उभौली उधौली साकेलामा तिम्रो मुहार तिर हेर्दै, मुस्कुराउदै सिल्ली निकालेको हेर्नेछु।

मलाइ एउटा मात्र चाहना१ तिम्रो काँध को भरोसामा कयौं जनता को सपना फुलोस्, पूरा गर्न सक्षम तिम्रो शक्तिहरुको दुरुपयोग होईन सदुपयोग हुनुपर्छ। कठोरताको शिरानी लगाएर आराम गर्ने तिम्रा आँखा भरी मेरो लागि अलिकती प्रेम जागृत हुनुपर्छ। तिम्रा लागि आउने गुलाफका फुलहरु प्रती तिमी लालायित हुनु र अझै स्विकार्दै जानू तिम्रो पदको अपमान हो। अर्थात् कायरपन र स्वार्थी नजर आउनेछ म भित्र।हाम्रो संस्मरणको अध्याय निरन्तर बगिरहोस् बिना बाधा अबरोध। हाम्रो देश अनि जिन्दगी उस्तै प्रकारले रमाओस् जितको बिगुल फुकेर। कतै चोट आइलागे उचित उपचारार्थ दबाई बोकि सुमसुम्याउने हातहरु हाम्रा जन्मिउन्, आकाशहरु सुखको शीतले ओत लगाइदिउन् हाम्रा माटोहरुमा, जिन्दगिहरुमा।

लेख्नु धेरै छ, लेख्दै गरुँला !!! उस्तै कहिले नघट्ने माया को साथमा आज बिदा लिन चाहें, अर्को पत्रमा पुनः मिलन हुनेनै छ, आफ्नो र वरिपरि रहेका ख्याल राख्नु।

न्यायप्रेमी
(तिम्रो सानी

लक्ष्मीकला राई जुनकिरी