किन ???

फुल्न लागेको फुलझै थिए म
तर गोड्दै नगोडी सारेउ किन ?

सारेको भए मात्र हुन्थियो 
तर छिया छिया मन पारेउ किन ?

नराखेको भए हुन्थियो तिम्रो दिलमा मलाइ
राखेपछि अन्तै बसाइ सारेउ किन ?

ढुक्ढुकी छाम्न खोजेको थिए मैले मायाले तिम्रो
बचनको छुराले हानी घायल पारेउ किन ?

अनेकौ सपनाहरु थिए मेरा
अन्धकारमा रुमलिएको जुनकिरी झै पारेउ किन ?
जिन्दगी सङै जिउछु भन्थेउ तिमी मलाइ
तर आज खै के खै के भन्दै टारेउ किन ?

सर्बस्च सम्झेथे मैले तिमिलाइ आफ्नै भनी
तर आफ्नोपनलाइ पाउमुनी झारेउ किन ?

आज भेट हुदा पनि दोबाटोमा
कड्के नजर लाउदै बिदाइको हात अघि सारेउ किन ???