भोजपुरमा नेपाल लाईफ ईन्स्योरेन्सले विसाल राईका आफ्न्तले पाए एक लाख ५१ हजार

भोजपुर । जिल्लाको उत्तरी षडानन्दा नगरपालिका बोयाका एक विमितलाई विमाङक रकम फिर्ता गरेको छ । बोयाका विसाल राईको निमोनियाका कारण मृत्यु भएपछि उसको नाममा निेपाल लाईफ ईन्स्योरेन्स भोजपुरमा रहेको विमाङ्क रकम र बोनस सहितको एक लाख ५१ हजार राईको आफ्तलाई फिर्ता गरिएको भोजपुर शाखा प्रमुख दिपक बस्नेतले जानकारी दिए ।

विसाल राईको ९ वर्षको अल्पआयुमै निमोनियको कारण गत साउनमा निधन भएको थियो । निधन भएका राईका आफान्तलाई मृत्यु दावी भुक्तानी कार्यक्रम अन्तर्गतको रकम भुक्तानी गरिएको बस्नेतले बताए ।