काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा सरकारले सुचिकृत गरेको ५९ आदीवासी जनजाति मध्येमा १० जातिय समूह सहित ४५ जनाले हालै सम्पन्न प्रतिनिधिसभाको सदस्य निर्वाचनमा निर्वाचित भएका छन् ।
पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरि जनजाति सभासदको संख्या २१८ जना रहेको थियो । दोस्रो संविधानसभाको निर्वाचनमा भने १८९ जना संसदले प्रतिनिधित्व गरेका थिए ।
हालै सम्पन्न निर्वाचनमा जनजातिको कमै मात्र प्रतिनिधिहरु निर्वाचित भएका छन् । सुचिकृतमध्ये जनसंख्याका आधारमा त्रमश: मगर ६, थारु १०, तामाङ ३, नेवार ९, राई ६, गुरुङ ३ र लिम्बूबाट ५ जनाले संसदमा प्रतिनिधित्व गर्ने भएका छन् । कम जनसंख्याका सुनुवार र थकालीबाट एक/एक तथा हिमाली भेगमा बसोबास गर्ने सिंगो समुदायबाट एक जना मात्र विजयी भएका छन् । प्रतिनिधिसभाको समानुपातिक तर्फको अन्तिम परिणाम आएतापनि राजनीतिक दलले संसद प्रवेश पाउने नेताको नामावली निकालेको छैन ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने संसदमा महिलाको खडेरी लागेको छ । हरेक राजनीतिक दलले समानुपातिकमा महिलाको कोटा ३३% प्रतिशतलाई पुर्याउने भन्दै प्रत्यक्ष निर्वाचनमा महिलालाई कमै मात्रामा टिकट दिएका थिए ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने जनजातिहरुको नामावली:-
एमालेबाट
पार्वत गुरुङ दोलखा
जयकुमार राई सुनसरी -१
लालप्रसाद साँवा लिम्बू झापा-४
वसन्तकुमार नेम्वाङ पाँचथर
शेरबहादुर तामाङ सिन्धुपाल्चोक -२
राजेन्द्रकुमार राई धनकुटा
सुवासचन्द्र नेम्वाङ ईलाम -२
भवानीप्रसाद खापुङ तेह्रथुम
कृष्णकुमार श्रेष्ठ तनहुँ -१
यज्ञराज सुनुवार ओखलढुंगा
दलबहादुर राना पाल्पा -१
प्रेमबहादुर आले डोटी
कृष्णलाल महर्जन ललितपुर -२
नरादमुनि राना कैलाली -५
लीलानाथ श्रेष्ठ सिरहा -३
कृष्णगोपाल श्रेष्ठ काठमाडौं -९
कृष्णबहादुर राई काठमाडौं -३
रामवीर मानन्धर काठमाडौं -७
जीवनराम श्रेष्ठ काठमाडौं -८
धनबहादुर बुढा डोल्पा
प्रेमप्रसाद तुलाचन मुस्ताङ
पोल्देनछोपाङ गुरुङ मनाङ
मेटमणि चौधरी दाङ-१
माओवादी केन्द्रबाट
सन्तकुमार थारु बर्दिया -२
गंगाबहादुर तामाङ काभ्रे -१
श्यामकुमार श्रेष्ठ रामेछाप
वर्षमान पुन रोल्पा
देवप्रसाद गुरुङ लमजुङ
बिना मगर कञ्चनपुर -१
हितबहादुर तामाङ नुवाकोट -१
सुदन किराँती भोजपुर
अमनलाल मोदी मोरङ-४
गौरीशंकर चौधरी कैलाली -३
सुरेशकुमार राई उदयपुर -२
हेमकुमार राई सोलुखुम्बु
कमला रोका रुकुम पुर्व
काङ्ग्रेसबाट
विजयकुमार गच्छदार सुनसरी -३
उमाकान्त चौधरी बारा -१
तेजुलाल चौधरी सप्तरी -४
भीमसेनदास प्रधान काठमाडौं -६
प्रकाशमान सिंह काठमाडौं -१
राजपाबाट
रेशमलाल चौधरी कैलाली -१
चन्द्रकान्त चौधरी सप्तरी -३
राप्रपाबाट
राजेन्द्रप्रसाद लिङदेन झापा -३
स्वतन्त्रबाट
छक्कबहादुर लामा हुम्ला