भोजपुर । भोजपुरमा सेफ्टीटयाङ्की सहितको शौचालय बनाउन पटक–पटक मिति तोक्दा चर्पी नबनाएपछि कडा निर्णय गरेको छ । लामो समयसम्म भोजपुरलाई सदरमुकामलाई खुल्ला दिसा मुक्त घोषणा गर्ने निर्णय लिए पनि सर्बसाधारणले नवनाएपछि कडा निर्णय गरेर जाने सहमति भएको हो ।
जिल्लाका अन्य वडाहरु यसअघि नै खुल्ला दिसामुक्त गरे पनि भोजपुर सदरमुकाम वडा नम्वर ७ र वडा नम्वर ९ का केहि घरहरुका स्थानीयवासीले यसअघि तोकिएको मितिमा सेफ्टीटयाङ्की सहितको सौचालय निर्माण नगर्दा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न समस्या भएको जनाईएको छ ।
सोमवार वसेको जिल्लाका सरोकारलवालाहरुको वैठकले अव पनि सेफ्टीटयाङ्की सहितको सौचालय निर्माण नगर्नेहरुको विद्युत र खानेपानी लगाएतका सुविधा नदिने सहमति भएको छ । जसको लिखित निर्णय गर्नका लागि मंगलवार विहान भोजपुर नगरपालिकामा ती वडाका अध्यक्ष लगाएत सरोकारवालाहरुसंग वैठक वस्ने वताइएको छ ।
भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले मुख्य रुपमा भोजपुर नगरपालिकाको वडा नम्वर ७ र अन्य वडाका केहि घरहरुको कारण खुल्ला दिसमुक्त घोषणा गर्न समस्या भएको वताउदै, अव एक चोटी वैठक वसेर वजारवासीलाई अनुरोध गर्ने र त्यस पछि पनि अटेर गरेमा वाध्य भएर नगरपालिकाले राज्यबाट दिने सेवा सुविधा काट्ने वताए ।
छलफल कार्यक्रम वोल्दै जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले केहि व्याक्तीको कारण जिल्ला नै खुल्ला दिसामुक्त घोषणा गर्न वाधा पुगेको वताउदै नगरपालिकाले गर्न लागेको निर्णयमा जिल्ला समन्वय समितिसगै सवैको साथ रहने वताए ।
कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई स्वच्चता समितिका निमित्त सदस्य सचिव खड्ग वहादुर पौडेल,नागरिक समाजको संयोजक प्रशुराम तिवारी,जिल्लामा क्रियाशिल राजनैतिक दल, विभिन्न कार्यालयका प्रमुख एव प्रतिनिधि, विभिन्न संघ सस्था सञ्चारकर्मी लगाएतको सहभागीत रहेको थियो ।
सौचालय निर्माणको लागि पटक पटक गरिएको अनुरोधलाई वजारवासीले अटेर गरेको वताउदै सहभागीहरुले जिल्लालाई खुल्ला दिसा घोषणा गराउनको लागि जस्तो सुकै कठोर निर्णय गर्नु परे पनि पछि नहट्न सरोकारलावालाई सुझाव दिएका थिए ।