भोजपुर । पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय भोजपुरले हराएको मोवाइल खोजी गरेर धनीलाई फिर्ता गर्न थालेको छ । प्रहरीले हराएको तथा चोरी भएको उजुरीको आधारमा मोवाइल खोजी गर्ने कार्यमा सफल पाएको जनाएको हो ।
पछिल्लो समयमा हराएर भेटिएको २८ ओटा मोवाइल सम्वन्धित व्यक्तिलाई वुझाएको मुद्धा फाँटका सई देवराज निरौलाले जानकारी दिए । जसमा इलामबाट एक काठमाण्डौबाट तीन, पर्साबाट चार सुनसरी र सप्तरीबाट तीन÷ तीन र वाँकी जिल्लाको विभिन्न ठाउँबाट खोजी गरी मोवाइल धनीलाई फिर्ता गरिएको सई निरौलाले बताए ।
जिल्ला तथा अन्य जिल्ला वाहिरबाट आएको निवेदनको आधारमा ट्रेस गरि मोवाइल खोजी गरिएको प्रहरीले जनाएको छ । प्रहरीले वैसाख देखि यो सात महिनाको अवधीमा सो वारवारको मोवाइलन वरामद गरेको हो भने खोजीको लागि २० ओटा भन्दा निवेदन परेको जनाएको छ । कसैको मोवाइल हराएको तथा चोरी भएको अवस्थामा मोवाइलको आइएमइ कोड सहित निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।