काठमाडौँ । मस्तिष्क शिरोघात (स्ट्रोक) पीडित वरिष्ठ कथाकार मनु ब्राजाकीलाई पाटन अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको छ ।
दुई पटक मस्तिष्क शिरोघात (स्ट्रोक) शल्यक्रिया गराइसकेका ब्राजाकीलाई हाल निमोनियाले पनि चापेपछि अवस्था गम्भीर भएको कवि मुरारी सिग्देलले जानकारी दिए । गजलकारसमेत रहेका ब्राजाकीलाई रक्तचाप र मधुमेहको पनि समस्या छ ।
बाज्राकीको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न परिवारले आग्रह गरेको छ ।