भोजपुर । सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो सृजनाहरु पकिस्दै आएकी भोजपुरे चेलीअनिशा मोक्तान अहिले विभिन्न पत्र पत्रिकामा समेत आफ्नो सृजना कोर्न भ्याई रहेकी छिन् ।
एउटै विषय वस्तुमा आधारित भएर वास्तविकतालाई चित्रण गर्न सक्ने क्षमतालाई हामीले उहाँको सृजनाहरुबाट अनुभुत गर्न सक्छौ । प्रकृति प्रेम, धर्म संस्कृति , जातिय पहिचान , नेपालीको मौलिकतालाई विशेष आधार बनाएर सृजना लेख्ने उनी सानै उमेरमा साहित्य क्षेत्रमा कलम चलाउन थालेकी हुन् ।
उनिबाट लिखित सृजनाहरु यस्ता छन्:-
१
सहाराविहीन बनाई छाेडि गयौ किन तिमी
अनायासै पाइला माेडि गयौ किन तिमी
न गल्ती तिम्रो न गल्ती मेरो बुझ्नै सकिँन मैले
पराई बनि अर्कैसँग साइनो जाेडि गयौ किन तिमी
२
सूर्यको किरणसँग रमाउन सक्नुपर्छ
हावाको वहाबसँग खुसी हुन सक्नुपर्छ
दीगो र समृद्धिको विकास गरि गर्वको साथ
सबैसबैलाई हसाँउन सक्नुपर्छ
३
आजभोलि सुन्दै छु के के भन्छौ अरे
उनकै लागि सपना गुन्दै छु भन्छौ अरे
सत्री त हो कि हैन थाहा छैन तर पनि
मलाई पार्ने जाल बुन्दै छु भन्छौ अरे
४
के खुसी हुन दिल खोलेर हाँस्नै पर्ने हो र
के दुखी हुन निन्याउरो मुख लाउनै पर्ने हो र
मान्छेभित्र अनेकौँ पिरव्यथा त हुन्छन् नि
के सबको सामु देखाएर हिड्नै पर्ने हो र
५
सिमी पकाइ दाल चामल पकाइ भात
कोहीसँग मिल्यो भने समाउँछन् नि एकअर्काको हात
हे महासय भन तिमी कुन दुनियाँमा छौ र किन
एक्काइसौं शताब्दीमा आएर पनि गर्छौं पक्षपात
६
खुसी भई रमाइ हिड्ने धेरै हुन्छन् यहाँ
मन मिल्दा हात समाइ हिड्ने धेरै हुन्छन् यहाँ
कोहीकोही त कति चाहिँ सारो फिट हुन सक्ने बुझ्नै गार्हो
छिनभरमै २/४ वटा फेरेर घुमाइ हिड्ने धेरै हुन्छन् यहाँ