भोजपुर । मानवअधिकार वर्ष पुस्तक सन् २०१८ को अर्धबार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बिहीबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) को आयोजनामा २०७४ सालको ६ महिनाभित्र जिल्लामा घटेका मानवअधिकारसम्बन्धि घटनाहरुको समिक्षा भएको थियो ।
यो वर्ष जिल्लामा ६१ वटा घटनामध्ये १९ वटा बलात्कार, २ वटा बहुविवाहका घटना घटेको थियो । जिल्ला घट्ने मानवअधिकार उल्लघनका घटनाहरु प्रकृतिलाई नियाल्दा भोजपुर एक संवेदनशिल जिल्लाको रुपमा रहेको ईन्सेक भोजपुरका प्रतिनिधी किरण राईले उक्त समिक्षा कार्यक्रममा बताए ।
प्रत्येक महिना कम्तिमा २ देखि ३ वटासम्म मानवअधिकार उल्लघन सम्बन्धि घरेलु, महिला तथा बालबालिका सम्बन्धि हिंसात्मक, जघन्य आपराधिक घटनाहरुको जिल्ला प्रहरी कार्यालयमा उजुरी आउने गरेको तथ्याङ्कमा उल्लेख छ । यसलाई न्यूनिकरण गर्न समाजमा बसोबास गर्ने सबै आमनागरिक नै सचेत, सभ्य र जागरुक हुन जरुरी रहेको उनको भनाई थियो ।