‘अनुराग’का सृजनाहरु

भोजपुर । नेपाली गित संगितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक , गितकार तथा संगितकारहरुलाई हामीले अमर सर्जक मानेर सम्झि रहन्छौ । कलाकारले दिएको राष्ट्र प्रतिको योगदान सधैं मुल्यांकन गरि रहन्छौ र यो गरिनु पनि पर्छ । कलाकार सबै जनताको प्यारो व्यक्ति पनि हुन् ।

नेपाली गित संगित क्षेत्रमा सम्पूर्ण जीवन समर्पित गरेका चन्द्र लामा ‘अनुराग’ पनि हुन् । वि.स. २०३८ साल साउन २६ गतेका दिन मकवानपुर जिल्लाको हेटौंडामा जन्मिएका अनुराग हाल दक्षिण कोरियामा छन् । साहित्य सृजनामा प्राकृतिक प्रेम , धर्म संस्कृति , माया प्रेमलाई आधार मानेर लेख्ने उहाँको सृजनाको सबैभन्दा राम्रो पक्ष हो । समसामयिक परिस्थितिलाई सृजना मार्फत चित्रण गर्न सक्ने क्षमता उहाँ भित्र पाईन्छ । उहाँले मुक्तक संग्रह ‘मुक्तक मञ्जरी’ समेत प्रकाशन गरिसक्नु भएको छ ।
साहित्यकार चन्द्र लामा ‘अनुराग’ का केही मुक्तकहरुलाई पस्किने प्रयास गरिएको छ ।


फुल को थुङ्गा ,टिपेर तिम्रो सिरैमा,लाईदिउकी?
प्रेम को डुङ्गा , तरेर खोली तिरैमा ,आईदिउकी?
गुराँस चम्पा सुनाखरी ,हाम्रो माया कै निशानी !
भिर को ढुङ्गा,पथ्थर फुटाई भिरैमा,छाईदिउकि?

मेरो घाईते मुटु मा तिर, चलाएर हेर
पथ्थर जस्तो मन लाई, गलाएर हेर
तब तिम्रो र मेरो प्रेमको चर्चा हुनेछ
तिम्रो न्यानो अङ्गालोमा,ढलाएर हेर


नेपाल आमाको सच्चा बहादुर , छोरा हौ रबि
सत्यको बाटो कोर्दै हिड्ने तिमी,एक अजनबि
तीन करोड नेपाली को सलाम छ , तिमि लाई
कोरिने छ्न नाम तिम्रो इतिहासमा, बनेर छबि


एक को दुस्मन , सय को साथी हुदा
गर्व लाग्छ खुट्टा तान्ने भन्दा माथी हुदा
प्रगतीको हिसाब हुदैन कहिल्यै गढबड
एक एक दुई भए झै, मानो पाथी हुदा


कलाकार हरु हुन ,देश का गहना
हिट र भाईरल हुने,सबको चाहना
कोहि देखाउने,कोहि छाडा बोल्ने
जब इज्यत जान्छ रुदै गर्छन बाहाना

देउराली मा सङ्गै पिपल र वर हुनेछ।
सुनको महल भन्दा सुन्दर घर हुनेछ।
साच्चै तिमी मलाई माया गर्छौ भने !!
तिम्रो नामको पछाडी मेरो थर हुनेछ।।


साथी हो मेरो देशको,कथा भन्दैछु म
६०१ भात मारा हरुको,नाम गन्दैछु म
काहा छौ जङ्गे,सबै लाई खत्तम गर
टुडिखेल मा पुर्न,खाडल खन्दैछु म


मेरा निर्दोश नजरहरु तिम्रै,प्रतीक्षा मा टोलाईरहे।
तर तिमिले कहिल्यै सुनेनौ , जब मैले बोलाईरहे।।
सास हुन्जेल आस हुन्छ भन्छन ,प्रतीक्षा गर्नेछु।
मेरा कोमल चेहेरा तिम्रै ,तस्बिर हेरि लोलाईरहे।।


ताक्दैछु,तिम्रो दिल मा निशाना लगाई
लाग्दैछु,तिम्रो पछि हर्षको आँसु बगाई
नजरैको गोलि ले,तिम्रो मीठो बोली ले
जाग्दैछु , यहि माघ मा लान्छु है भगाई


प्रगति मा जस्को मुटु जल्छ,दिमाख पनि उल्टो चल्छ
अर्काको खुशि मा आगो सल्काउदा आफ्नै घर बल्छ
जल्ने लाई जल्न देउ,यो त नेपालीको पुर्खौली पेशा हो
सत्य कै जित हुन्छ सधै,आफै एक दिन थाकेर ढल्छ !!

१०
बम बर्साउ, जनता तर्साउ दैनिक झुट को खेती गर
देशको राजनिति ,तिम्रो लाजनिति लुट को खेती गर
सहने र मार खाने हामी निमुखा जनताहरु नै हुन
मरेपछि माला लगाईदिउला घाँटी भरि बुट को खेती गर