भोजपुर । जिल्लाको पूर्वी अरुण गाउँपालिकामा वडाध्यक्षलाई कुटपिट गरिएको छ । अरुणगाउँपलिकाको वडा नं–१ यांङपाङका वडाध्यक्ष नगेन्द्र खत्रीलाई कुटपिट भएको छ ।
शुक्रवार विहान करिव १० वजे वडा कार्यलय जादै गर्दा वाटोमा अज्ञात ४, ५ जनामा रहेका समुहले खत्रीलाई कुटपिट गरेको हो ।
वडाध्यक्ष खत्रीलाई एक्कासी अज्ञात व्यक्तिले मुख थुनेर कम्मर मुनि गम्भिर चोट पुग्ने गरि प्रहार गरेको हो । कम्मर मुनि गहिरो चोट रहेको खत्रीको स्वास्थ्य कार्यालय प्याउलीमा उपचार भईरहेको छ । खत्रीको अवस्था भने सामान्य रहेको स्थानीय युवा नेता वलभद्र वान्तावाले वताए ।
जिल्ला प्रहरी कार्यलयका प्रहरि प्रमुख दिपेन्द्र पन्जियार थारुले भने खास गम्भिर घटना नभएको जानकारी गराएका छन् । थारुका अनुसार सामान्य चोटपटक लागेको र थप अनुसन्धान भईरहेको वताएका छन् । नेपाली कांग्रेसको तर्फवाट वडाध्यक्षमा खत्रि निर्वाचित भएका हुन् ।
वामगठवन्धनद्धारा घटनाको भत्सना
निर्वाचित जनप्रतिनिधि माथी भएको अज्ञात समुहको कुटपिटको अरुण गाउपालिका स्तरिय वामगठवन्धनले विज्ञप्ती जारी गर्दै घटनाको भत्सना गरेको छ । घटनाको अनुसन्धानवाट दोषि पत्ता लगाई कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनको ध्यानाकर्षण समेत विज्ञप्ती मार्फत गरेका हुन् ।