भोजपुर । यतिबेला प्रदेशको राजधानी र प्रदेशको मुख्यमन्त्री को खुव चर्चा छ । कार्यालय होस या खुल्ला ठाउँमा प्रदेशको राजधनी र मुख्य मन्त्री कसलाई बनाउने भनेर चर्चाको बहस नै चलिरहेको छ । अझ तराईको क्षेत्रमा चिसो बढेको समयमा भएको कारण पनि चिया पसलमा अझ धेरै चर्चाको विषय बनेको छ । अर्काे तरि प्रदेश नं. १ को भावी मुख्य मन्त्रीको गृहजिल्लामा त चर्चा त्यतिकै पनि हुने नै भयो ।
यति वेला प्रदेशको राजधानीका लागी पछिल्लो समय धनकुटा र बिराटनगर मध्ये कुन क्षेत्रमा बनाउने भनेर बढी चर्चामा छन भने मुख्यमन्त्रीमा एमालेका नेताद्धय भिम आचार्य र शेरधन राईको बढी चर्चा छ, दुवै जनाको वीचमा कुरा नमिलेमा भोजपुर १ का राजेन्द्र राईको पनि योजना पछि परेको छैन ।
भोजपुरबाट प्रदेशसभा संसदमा निर्वाचित भएका एमाले नेता शेरधन राई प्रदेश नम्बर १ का मुख्यमन्त्रीका दाबेदार हुन । अविवाहित रहेका राईले मुख्यमन्त्रीको सपथ लिएपछि मात्र बिहे गर्ने बताएपछि राईको चर्चा अझ बढेको छ । उनले प्रदेशको मुख्यमन्त्री आफु नै भएको दाबी गर्दै सपथ खाएपछि घरजम गर्ने समेत बताए । नेकपा एमालेका पोलिटव्यूरो सदस्य समेत रहेका राईले आफूबाहेक प्रदेश नं १ मुख्यमन्त्रीको दावेदार अरु नभएको दाबी गर्न भ्याए ।
राईले विगतमा पार्टीबाट पाएको सांगठानिक र राजकीय दुबै जिम्मेवारीहरु निर्विबाद, स्वच्छ र सफलतापूर्वक सम्पन्न गरेकाले मुख्यमन्त्रीको जिम्मेबारी आफूले पाउने विश्वास व्यक्त गरे । दुई कार्यकाल प्रतिनिधि सभाको सदस्य, संसदीय समितिको सभापति तथा मन्त्री समेतको जिम्मेवारी पूरा गर्दा प्रश्न उठ्ने कमजोरी मैले कहिल्यै गरिन, मुख्यमन्त्री हुने मेरो बलियो आधार यही हो राईले भने । ‘प्रदेश नं १ सरकार बनाउन आवश्य पर्ने बहुमत एमाले एक्लैसँग भएपनि बामगठबन्धनै सरकार बनाउने उनले बताए । प्रदेश नम्बर १ को राजधानीका सन्दर्भमा उनले अन्तरिम राजधानी बर्तमान सरकारले तोक्ने र स्थायी राजधानी प्रदेश सभाको दुई तिहाई बहुमतले निर्णय गर्ने भएकोले पूर्वाधारको अवस्था तथा चौध जिल्लाकै जनताको पाएक पर्ने स्थानलाई हेरेर परिपक्क ढङ्गले निर्णय गरिने बताए ।
शेरधन राईले आफुलाई मुख्यमन्त्रीका रुपमा दाबी गरिरहँदा उनका अगाडी केही चुनौतिहरु पनि छन । किनकी प्रदेश नम्बर १ मा मुख्यमन्त्रीका दाबेदार उनी मात्र होईनन । नेकपा एमालेका सचिव समेत रहेका भिम आचार्य समेत मुख्यमन्त्रीका दाबेदारका रुपमा प्रस्तुत हुँदै आएका छन । दुबै जनाले आफुलाई मुख्यमन्त्रीका रुपमा दाबी गरिरहेका छन । लामो समयदेखि प्रदेश नम्बर १ मा पार्टीको प्रमुख भएर काम गरेका आचार्य पनि प्रदेश प्रमुखका लागी प्रमुख दाबेदार हुन । तसर्थ राईले भनेजस्तो सजिलो उनलाई नहुन सक्छ । पार्टी अध्यक्षका निकट मानिएका राईलाई अध्यक्षको आर्शिबादले काम गरेमात्र मुख्यमन्त्री बन्न सहज देखिन्छ । यदि त्यसो नभएको खण्डमा उनले भनेजस्तो सर्बसम्मत किसिमले मुख्यमन्त्री बन्न सहज देखिँदैन ।