भोजपुरकी बन्दनाले चुमिन वान्तवा राष्ट्रिय कविता प्रतियोगिताको पुरस्कार

भोजपुर । जिल्लाको दक्षिणी हतुवागढी गाउँपालिकाका बन्दना राई तेह्रौं बान्तावा राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भएकी छिन् । त्यस्तै पाँचथर मिक्लाजुङ गापाका इन्द्र मुकारुङ डाक्बुङ दोस्रो र भोजपुर आम्चोक गाउँपालिकाका विजय ग्वाले तेस्रो भएका छन् ।
विजेता प्रथम, दोस्रो र तेस्रो कविहरूले रु. १० हजार, ६ हजार र ४ हजार रकम नगद बुङ्वाखा (श्यामराज दुब्देङ्हाङ स्मृति पुरस्कार अक्षयकोषबाट पुरस्कार प्राप्‍त गरेका छन् ।
बुङ्वाखाको तेह्रौं वार्षिकोत्सवको अवसरमा किरात राई यायोक्खा नगर कार्यसमिति उर्लाबारी, मोरङको सह–आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा साहित्य विभागको सहयकार्यमा उर्लाबारीमा पुस ८ गते कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारङ प्रमुख अतिथि, अखिल किरात राई सङ्घ, सिक्किमका प्रतिनिधि बिदि रोक्दुङ र साहित्यकार बन्दना खालिङ विशेष अतिथिहरू रहेका थिए ।