भाेजपुरका क्यान्सर पीडित धनराजले गरे सहयोग याचना

पाँचथर ।  कमजोर आर्थिक अवस्थाका कारण क्यान्सर रोगको उपचार गर्न नसकेर जीवनमृत्युको दोसाँधमा रहेका धनराज राईले सहयोगको याचना गरेका छन् ।
भोजपुरको हतुवागढी गाउँपालिका–३ सिन्द्राङस्थित दुकिराङका ४२ बर्षिय राईले पेटमा भएको क्यान्सरको शल्यक्रिया गर्न सात लाख रुपैंयाँ अभाव भएकोले उपचारको लागि आर्थिक सहयोगको याचना गरेका छन् । गत असारमा अचानक घरमा ढलेर बेहोस भएका राईलाई उपचारको लागि काठमाण्डौ लगिएको थियो । राजधानीको वीर अस्पतालमा उपचाररत उनको आन्द्रामा अल्सर देखिएपछि चिकित्सकले परीक्षण गर्दा क्यान्सर पत्ता लगाएको थियो । चिकित्सकले क्यान्सर शल्यक्रिया गरेपछि निको हुुने आशा देखाएपनि ७ लाख रुपैंयाँ जुटाउन नसकेपछि मनकारी सहयोगी हातहरुलाई अनुरोध गरेको क्यान्सरपीडित राईले बताए ।
विभिन्न संघ संस्थामा आवद्ध रही समाजसेवा गर्दै आएका राईको आर्थिक अवस्था नाजुक रहेकोले सरकारी निकायले समेत सहयोग गर्न सिफारिस–पत्र प्रदान गरेको छ । उनको उपचारमा ऋण सापटी लिएको दुई लाख रुपैंयाँभन्दा बढी खर्च भइसकेको क्यान्सर पीडित राईले बताए । उनलाई सहयोग गर्न प्राइम बैंकको खाता नं ०४५००६९१पिएस र ग्लोबल आइएमइ बैंकको खाता नं ३६०७१००११५२० मा जम्मा गरी मोवाइल नं ९८००९५९०२४ मा जानकारी गराउन सकिने छ ।

पाँचवर्षदेखि दुवै मृगौला काम नलाग्ने भएपछि उपचारको लागि भौतारिएका देउकुमारको आर्थिक अभावले उपचार हुन सकेको छैन । रोजगारीका लागि मलेसिया पुगेका बराइली ६ महिना काम गरेपछि मृगौला समस्या भएपछि फर्किएका हुन् । मृगौला उपचार गर्न विराटनगरस्थित नोबेल अस्पताल, राष्ट्रिय मृगौला अस्पताल, झापाको विर्तासिटी अस्पताल, काठमाण्डौको शिक्षण अस्पताल लगायत एक दर्जनभन्दा बढी अस्पतालमा उपचार नभएपछि भारतको मुम्बइमा उपचार गर्दै आएको बताए ।

दायाँ मृगौला ६० प्रतिशत र बाँया मृगौला ४० प्रतिशत फेल भएपछि मासिक १६ हजार रुपैंयाँको औषधि सेवन गरेर बाँच्नु परेको बराइलीले बताए । त्यसवाहेक औषधी किन्न र समय समय मृगौला परीक्षण गर्न भारत आवतजावत गर्न थप खर्च लाग्ने भएकोले कठिनाइ भएको बताए । पैसा कमाउन ड्राइभिङ गर्न सक्ने भएपनि मृगौला रोग बल्झिने भएपछि चालकको काम छाडिदिए । मृगौला उपचारमा १५ लाख रुपैंयाँभन्दा बढी खर्च भएकोले घरको सम्पूर्ण जायजेथा सकिएपछि आर्थिक अभावले औषधी किन्ने रकम समेत नभएको पीडित बराइलीले बताए ।