यस्तो छ भाेजपुरकाे सुन्तले डाँडाको सम्भावना

भोजपुर । सौन्दर्यताले भरिपूर्ण पर्यटनको प्रच्यूर सम्भावना बोकेको ठाउँहरुमध्ये भोजपुरको एक सुन्दर ठाउँ होे ‘सुन्तले डाँडा’ । सदरमुकामको करिब १० किलोमिटर शिरमा भोजपुर नगरपालिका वडा नं ५ बोखिम, वडा नं २, हेलौँछा र वडा नं ३, सिद्धेश्वरको संगमस्थलमा पर्ने यो डाँडा जिल्लाकै प्रशिद्ध एकमात्र पर्यटनको बजोड सम्भावना बोकेको ठाउँ हो ।
सौन्दर्यताको विविधता पाईने पूर्वी पहाडी भेग भोजपुरमा मैयुङडाँडा, साल्पापोखरी, हाँसपोखरी, टेम्केडाँडा एडमण्ड हिलारीमार्ग, नागछाँगा, ऐतिहासिक टक्सारबजार र बौद्धविहार, ऐतिहासिक हतुवागढी जस्ता दर्जनौ पर्यटकिय सम्भावना बोकेका स्थलहरु छन् । सदरमुकामदेखि नजिक र राम्रो सडकस्तरोन्नती भएकाले पनि सुन्तलेडाँडा जिल्लाको प्रचलित र प्रच्यूर पर्यटकिय सम्भावनाको स्थल बनेको छ । सदरमुकामदेखि भोजपुर र संखुवासभा जोड्ने प्रमुख व्यापारिक केन्द्र उत्तरी दिङ्लाबजार जोड्ने सडकसञ्जालको विस्तारसंगै पछिल्लो समय यहाँ चहलपहल पनि बढ्न थालेको छ । यहाँबाट सुन्दर मनोरम मकालु हिमश्रृङ्खला, अरुणनदी, धनुकुटा लेगुवाका केहि सुन्दर भेग फाँटहरु, भोजपुरको अग्लो टाकुरा मैयुङ डाँडा, भोजपुर सदरमुकाम, भोजपुरको दक्षिणी भेग, टेम्केडाँडा र भोजपुर खोटाङको सिमानाको चखेवाभञ्जाङको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।
विस्तारिदो बजारसंगै यहाँ पर्यटकका लागि खान, बस्नको सुविधासहित होटल, लजहरु खोलिएका छन् । विशेष गरी उत्तरी भेगका मानिसहरुको प्रमुख पैदलमार्ग पनि भएकोले सुन्तलेडाँडा जिल्लाको उत्तरी क्षेत्र र सदरमुकाम जोड्ने प्रमुख नाका हो । आब ०७३÷०७४ मा नगरपालिकाले यहाँको कच्ची सडकलाई स्तरोन्नती गरेर तीन लेनको बाटो खोलेसंगै ल्याण्डरोभर जिप, ट्रयाक्टर सञ्चालनमा ल्याईएको थियो ।
पर्यटन प्रबद्र्धनका लागि सुन्तले डाँडालाई अझ सुन्दर र व्यवस्थित बनाउन बजेट निकासा गर्नसके पर्यटनलाई व्यावसायिक बनााउन सहन हुने स्थानिय छिरिङ शेर्पाले बताउँछन् । ‘सुन्तले डाँडाका लागि सम्बन्धित निकाय, परिषदबाट बजेट निकासा हुँदैन । यदि बजेट निकासा गरेर घेराबारा, ठाउँठाउँमा पिकनिक स्पट, लज, सुलभ होमस्टे राख्नसके यसलाई व्यावसायिक बनाउन सकिन्थ्यो ।’ उनले भने ।
‘सुन्तले बजार’ भनेर परिचित यो ठाउँमा २३÷२४ घरधुरीको बाक्लो बस्ती छ । चारैतिर डाँडाकाँडा देखिने सुन्तले डाँडा समुन्दी सतहदेखि सरदर २६ सय मिटरको उचाईमा अवस्थित छ । बाह्रैमहिना प्रायसः जाडो हुने यहाँका मानिसहरु प्रशस्त चरनको क्षेत्र भएकाले दुध, घिउ, छुर्पीको लागि चौरी, घोडा, भेडाबाख्रा, गाईबस्तु पाल्ने गर्छन ।
चैतबैशाखको बसन्त, साउनभदौको हरियाली बनजंगल र चउर डाँडा, कार्तिक मंसिरको खुल्ला शरद र माघमा पर्ने हिमपातका बेला अति मनोरम दृश्यावलोकन गर्न आन्तरिक पर्यटकको धेरै चहलपहल देखिनेगर्छ । उक्त सुन्तले बजारमा विशेषगरी शेर्पा, तामाङ जातीका मानिसहरु सानैै भएपनि थोककिराना, होटल चलाएर बस्ती बसालेका छन् । यो बजारको लाङ्सा ९गोरुको सिकुटी० र तोङ्बा जिल्लामा सबैभन्दा प्रचलित छ । बाह्रैमास घुम्न आउने आन्तरिक पर्यटकको भिडभाड रहने यो डाँडामा घुम्न, फुर्सदको समय विताउन, बनभोज गर्न, रमाईलो गर्न, सुन्दर दृश्यावलोकनको मजा लिन आउने गर्छन् ।
पर्यटन व्यावसायलाई प्रबद्र्धन गर्नसके यो डाँडामा आन्तरिक अलावा बाह्य पर्यटकको राम्रो आगमन हुने स्थानिय सुन्तलेबजारमा विगत ४ बर्षदेखि होटल व्यावसाय गर्दै आएका गणेश तामाङ बताए । उनी भन्छन्, ‘बर्षेनी विभिन्न शिर्षकमा छुट्टिने बजेटको केहि हिस्सा पर्यटन प्रबद्र्धनका लागि छुट्याएर व्यवस्थित रुपमा काम गर्न सके यहाँको पर्यटन फस्टाउन सक्थ्यो । यसमा कसैको ध्यान छैन, हामीले उठाएका कुरा सुनुवाई हुँदैन । यहि छ बिडम्बना ।’
यहि सुन्तलेडाँडा नजिकै गत असार मसान्तमा जिल्ला बनबाट छुट्टिएको आठ लाख बजेटबाट पिकनिक पार्क निर्माण गरिएको छ । जसको नाम ‘सुन्तले बहुउद्देश्यीय पिकनिक पार्क’ राखिएको छ । आन्तरिक तथा बाह्य पर्यटन भित्राउने उद्देश्यले पार्क सञ्चालनमा ल्याईएको हो ।
स्थानिय पान्थले सामुदायिक वन तथा उपभोक्ता समिती र सुन्तले पर्यटन विकास समितीको संयुक्त सञ्चालनमा उक्त सामुदायिक वनकै निजी जग्गामा पर्ने करिब १४ रोपनी जग्गामा असार मसान्ततिर पार्कको निर्माण कार्य सम्पन्न गरिएको थियो । पर्यटनलाई टेवा पु¥याउने उद्देश्यका साथ दुई समिती मिलेर जिल्ला बनको बृक्ष सुधार, बृक्षारोपण तथा निजी बन कार्यक्रम ९०७३÷७४० अन्र्तगतको रु आठ लाख बजेटमा पार्कको औपचारिक निमांण गरिएको हो ।
मनमोहक दृश्यावलोकन गर्न सकिने पर्यटनको प्रचुर सम्भावना बोकेको सुन्तले डाँडामा यो पार्कको निर्माणपछि भोजपुरको पर्यटकिय सम्भावनाको पहिलो खुड्किलो बुनको छ । नयाँवर्ष, पार्टी, भोजभतेर, पिकनिकका लागि विभिन्न समयमा घुम्न, रमाउन आउने भोजपुरका विभिन्न ठाउँका मानिसहरुको सुन्तलेडाँडा पहिलो रोजाईमा पर्छ ।
यसरी विभिन्न समयमा गरिने ठुला पिकनिक, पार्टी, भोजभत्तेरलाई अझै सुव्यवस्थित गर्नका लागि पनि पार्कको निर्माण गरिएको समितीका अध्यक्ष डम्बर राउतले बताए । ‘मानिसहरु पिकनिक गर्नलाई यहाँ आउने गर्छन् । त्यबेला उनीहरुलाई दाउरा खोज्नुपर्ने, एकडेढ घण्टा लगाएर खानेपानी ओसार्नुपर्ने, चर्पी बस्न सुन्तलेबजार नै पुग्नुपर्ने, पाखैमा खानेकुरा बनाउनुपर्ने झण्झटलाई सुव्यवस्थित गर्नका लागि पनि हामीले यो पार्कको डिजाईन गरेका हौँ ।’ राउतले भने । अहिले यस पार्कभित्र बस्ने, शित्तल छल्ने पाटी–चौतारी, भोजभत्तेरका लागि आवश्यक चुल्होचौका, खानेपानीको लागि हिल्टेक धारो, चर्पी, सुन्दर सफा खुल्ला चउर, वरपर तारघेराबारा गरिएको छ ।
वृक्ष सुधार, वृक्षारोपण तथा निजी वन कार्यक्रम ९०७३÷७४० नामक कार्यक्रम अन्र्तगत आएको बजेटबाट पार्कको निर्माण गरिएको सुन्तले पर्यटन समितीका अध्यक्ष सूर्य गोले बताउँछन् । कार्यक्रममा पार्क निर्मांणका लागि सम्पूर्ण आवश्यक कच्चा पदार्थ, स्थानिय श्रोत साधन जुटाईएको छ । उक्त पार्कका लागि हेलाँछाको घुरबिसेदेखि बाखखोरा हुँदै एक सय २५ मिटर लामो पाईपबाट खानेपानी ल्याईएको छ । अब केहि समयपछि पार्कलाई सुव्यवस्थित ढंगबाट सञ्चालन गर्नुको साथै एकजना भरासिलो हेरालुलाई तलब दिएरै पार्कभित्र दाउरा, खानेपानीको व्यवस्था गर्ने, पार्कभित्रका फोहोर सफा गर्न लगाउने समितीभित्र निर्णय भईसकेको गोलेको भनाई छ ।