डियर जिन्दगी

आफैले आफैलाई सम्बोधन
डियर जिन्दगी ।
जिवनका जंजिरबाट उत्पादित
डियर जिन्दगी ।

अर्थहिन जिन्दगीको रथ गुड्न लाग्दा
मानसपटलमा थुप्रिएको प्रश्न
उत्तरहरुको अभावमा
खुम्चिएको सोच
अनेकन विडम्बनापूर्ण यात्रामा
भेटिएको नौटकीं पुर्ण
निचोरिएको स्वाभाव
अनि खुम्चिएको सोच ।
यि यावत शब्दावलीको अर्थ
एउटै शब्दकोशमा खोज्न
वास्तविकताको धरातल टेकी
अनेकौं मुक्तक गजल लेखी
हिडिरहेको डियर जिन्दगी ।

समस्याहरुको पोका बोकी
अभावको लौरोको साहारामा
जिन्दगीको ढुङ्गालाई पार गराउन
सामुन्द्रिक छाललाई पन्छाउदै
विशिष्ट श्रेणीको पद खोज्दैछु
डियर जिन्दगीको ।
डर लाग्छ चुडिने होकि
चाहनाहरुको डोरी
शंका पनि छ कतै छुटिने होकी
अनुपम गितको संगित
यस्तै यस्तै विवशताले भरिएको
खाडल हो डियर जिन्दगी ।

आगनी सम्म पुग्न खोज्दा
संघारमा लड्ने मान्छेको
उपनाम हो डियर जिन्दगी
आशाको धरोधर ढालेर
विचलित भई पिजडामा
थन्केर बाचिरहेको मान्छेको
उपनाम हो डियर जिन्दगी ।

मान्छेहरु निदाएपछि
सपना देख्छु भन्छन्
सपनाका कुरा गर्दै
ज्यादै खुशि भएर हर्षित देख्छु
तर मेरो भने कथा फरक
उनिहरुले भनेको वचन भन्दा फरक
अनौठो तर सुबासिलो अनि नौलो पनि
किनभने ।
म ननिदाई देखेको सपनालाई
प्यारो ठान्छु , जिवनको प्राप्ति मान्छु
सपनामा त कालो सेतो रङहरु पाउछु
तर विपनामै देखेको सपनामा
रङगिन मौसम हरियो रातो
पहेलो निलो रङ्ग लत्पतिएको
कल्पनाकै सुन्दर डियर जिन्दगी पाउछु ।

रात नपरेको भए
सुतिन्दैन थियो होला
नसुतेको भए
निदाईन्दैन थियो होला
नदिदाएको भए
सपना देखिन्दैन थियो होला
तर आजकल ।
निदाएर देखेको सपना भन्दा
विपनामा देखिएको सपना
सुन्दर र अर्थपुर्ण लाग्छ
लाग्छ यो सपनामा नै
जिवान्त बाचिरहुँ
यस्तो लाग्छ कि
यी डियर जिन्दगीका
भावनालाई साचिरहुँ

जिवनको मञ्जिलमा कतै
डियर जिन्दगीलाई बिर्सिए कि
निशब्द तर मिश्रित आकाक्षांमा कतै
आफ्नो स्वार्थलाई मिसाए कि
आफ्नै सामुन्ने प्रश्न तेर्साएर
यात्राका पाईलालाई बिसाए कि
जानू मन छ
त्यो गन्तव्य सम्म
जहाँ डियर जिन्दगी
पुग्नु छ ।