बाबुराम बास्तोला
संखुवासभा । जिल्ला फुटबल संघ संखुवासभाको अध्यक्षमा भरत कुमार घिमिरे निर्वाचित भएका छन । संघको शनिवार सम्पन्न साधारणसभाले घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सन्तोष राई , मुकुन्द श्रेष्ठ, कपुर घिमिरे, महासचिबमा दिपेन्द्र कार्की, र कोषाध्यक्षमा वेदराज घिमिरे र अन्य ९ जना सदस्य चयन भएका छन ।
साधारणसभाले पत्रकारिताको माध्यम बाट फुटवल खेल जगतमा महत्वपुर्ण सहयोग पुर्याएको भन्दै स्थानिय सञ्चार माध्यमहरुलाई पनि सम्मान गरेको छ । जिल्लाका पाख्रिबास एफ, खाँदबारी एफ, गुराँस एफ, रेडियो संखुवासभा र सुनाखरि एफ एमले सञ्चारको क्षेत्रमा कृयासिल रहेर विभिन्न फुटबल क्लवहरुले आयोजना गरेका खेलकुदका समाचार प्रसारण गरेको भन्दै सम्मान गरेको हो ।
फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै मादि नगरपालिकाका का तेजबहादुर जिमी पनि सम्मानित भएका छन् । जिमीले जिल्लाको फुटवल खेल क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्लङ्कन गदै सम्मान गरिएको संघका अध्यक्ष भरतकुमार धिमिरेले बताए । जिमीले खेलाडिहरुलाई प्रोत्साहित गदै जिल्ला, क्षेत्र र राष्ट्रिय खेलकुद सम्म सहभागि गराउन प्रेरणको स्रोतका रुमा भुमिका निर्वाह गरेकोमा सम्मान गरेको हो ।
सोही अवसरमा जिल्लाबाट पहिलो पटक राष्ट्रिय टिममा मार्फत खेलखेलेकी १५ वार्षिय अस्मिता गुरुङलाइ पनि सम्मान गरिएको थियो । दुई वर्ष अघिबाट फुटवल खेल खेलेकी गुरुङ एडभान्स क्लव मानेभञ्ज्याङको टिमबाट खेल्ने गरेकी थिइन् । साधारण सभाकै अवसरमा जिल्लाका कृयासिल क्लवहरु एड्भानस क्लव , खाँदबारी युथ क्लव, हाङथुम क्लव र लोहोरुङ क्लवलाई पनि सम्मान गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख समुन शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल नेपाल फुडबल सघ एन्फाका केन्द्रिय सदस्य रमेश रायमाझि, खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारी प्रसाद खतिवडा प्रमुख जिल्ला अधिकारी शिवराज जोशी लगाएत जिल्लाका विभिन्न क्लवका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।