भोजपुर- भोजपुरमा जारी चौथो अन्तराष्ट्रिय आमान्त्रित मेयर भोजपुर गोल्डकपमा आयोजकलाई स्तव्धपार्दै गोर्खा व्वाइज रुपन्देही फाइनलमा प्रवेश गरेको छ । गोर्खा व्वाइजले आयोजक भोजपुरलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले स्तव्ध पार्दै अफ्रिकन रुट्स सँगको फाइनल यात्रा पक्का गरेको हो ।

अत्यन्तै प्रतिष्पर्धात्मक खेलको निर्धारित समयमा कुनै गोल हुन नसकेपछि थप भएको अतिरिक्त समयमा पहिलो गोल आयोजक भोजपुरले गरेको थियो । थपिएको १५ मिनेटको अतिरिक्त समयको दोस्रो मिनेटमा घरेलु दर्शकको साथ पाएको भोजपुरका लागि जर्सि नम्बर ४ का विकाश राईले गोल गर्र्दै अग्रता दिलाएका थिए । भोजपुरले अग्रता लिएतापनि गोर्खा व्वाइका जर्सि नम्बर १० का खेलाडि शक्ति राईले १० औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्र्याएका थिए । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । आयोजक भोजपुरले ट्राइबेकरमा गोल गर्न नसक्दा खेलबाट बाहिरिनु परेको हो । भोली फाइनल भिडन्त गोर्खा व्वाइज र अफ्रिकन रुटश एशोसियसन क्यामरुनका विच हुनेछ ।

ट्राइबेकरमा गोर्खा व्वाइजको चारवटै गोलले जाली चुमेका थिए भने भोजपुरको पहिलो प्रहार गोर्खा व्वाइजका गोल रक्षकले असफल बनाएका थिए । पहिलो गोल रोक्न सफल भएसंगै उत्साहित भएको गोर्खा व्वाइजको सबै प्रहारले जालि चुमेको थियो ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता शनिवार सम्म सञ्चालन हुने छ । स्थानिय टुडिखेलमा सञ्चालन भैरहेको खेलमा अन्तराष्ट्रिय टिम सहित ८ वटा टिमको सहभागिता रहेको थियो । गोल्डकपको विजेताले ५ लाख नगद उपविजेताले ३ लाख रुपैया हात पार्नेछन् ।

तपाईको प्रतिक्रिया