नेपालले त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि  जितेको छ । कीर्तिपुरस्थित त्रिवि विकेट मैदानमा शनिबार भएको फाइनल खेलमा नेदरल्याण्डमाथि १४२ रनको ऐतिहाँसिक जित निकाल्दै नेपालले प्रतियोगिताको उपाधि जितेको हो ।

नेदरल्याण्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड १७।१ ओभरमा १० विकेट गुमाउँदै ९६ रनमा सीमित भयो ।

नेपालको जितका लागि करण केसीले ३, सन्दीप लामिछानेले २, कमलसिंह ऐरीले २, अभिनाश बोहराले १ विकेट लिए । नेदरल्याण्डको २ विकेट रन आउटको रुपमा गुमेको थियो ।

नेदरल्याण्डका लागि ओपनर सेबास्टीयन ब्राटले सर्वाधिक २६ रन बनाए । ओपनर म्याक्स डोडले २० र पिटर सिलरले १३ रन जोडे । त्यसबाहेक अन्य ८ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

समूह चरणको दुई खेलमध्ये पहिलो खेलमा नेपालले नेदरल्याण्डविरुद्ध ९ विकेटको सानदार जित हात पारेको थियो । नेदरल्याण्डविरुद्ध दोस्रो खेलमा २०६ रन बनाउँदा पनि ३ विकेटको हार व्यहोरेको नेपालले फाइलनमा पनि नेदरल्याण्डविरुद्ध विशाल स्कोर बनाउन सफल भयो । समूह चरणको खेलमा बलिङमा देखाएको गल्ती फाइनलमा नेपालले सुधार गर्दा ठूलो अन्तरको जित हात पर्‍यो ।

समूह चरणमा मलेसियाविरुद्धको पहिलो खेलमा ९ विकेट र दोस्रो खेलमा नेपालले ६९ रनको जित हात पारेको थियो । आजको खेलमा नेपालको ब्याटिङ निकै सानदार रह्यो । नेपालले टि–२० अन्तर्राष्ट्रियको स्कोरमा रेकर्ड समेत बनाएको छ । २३८ नेपालले टि–२० अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा ठूलो स्कोर हो । यसअघि २०१९ मा नेपालमा भएको १३औँ साग गेम्समा भुटानविरू४ २३६ रन बनाएर रेकर्ड बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । कुशल मल्लले ५० रन, उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४८ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान गरे । आसिफ शेखले १६ रन बनाए । नेपालको पहिलो विकेटका रुपमा आसिफ तेस्रो ओभरको दोस्रो बलमा आउट भएका हुन् । ८ बलमा उनले २ छक्का र १ चौकासहित १६ रन बनाएका हुन् ।

दोस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका थिए । उनी १० औँ ओभरको तेस्रो बलमा क्याच आउट भएका थिए । मल्ल १९ बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाए । तेस्रो विकेटको रुपमा कुशल भुर्तेल आउट भएका थिए । १६औँ ओभरको चौथो बलमा भुर्तेल क्याच आउट भएका हुन । ५३ बलको सामना गरेका भुर्तेलले ८ चौका र ३ छक्कासहित ७७ रन बनाए । यो उनको अहिलेसम्मकै ठूलो स्कोर हो ।

२४ बलमा २ चौका ५ छक्कासहति कुशल मल्ल ५२ रनमा र १८ बलमा ५ चौका र ३ छक्कासहित ऐरी ४८ बलमा अविजित रहेका हुन् । चौथो विकेटका रुपमा कुशल भुर्तेल आउट भएपछि कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले २६ बलमा ७५ रन जोडे ।नेपालले

तपाईको प्रतिक्रिया