धनकुटा । प्रदेश न:१ को राजधानी धनकुटा हुनुपर्छ भन्ने माग राख्दै धनकुटाबासीले जिल्ला बन्दका साथै सडकमा आन्दोलन गरिरहेका छन् । आन्दोलन गर्ने क्रममा धनकुटा बासीहरु एकजुट भएका छन् । धनकुटा बासीहरु अहिले काठमाडौदेखि धनकुटा बन्द गराएर निरन्तर राजधानीको माग राख्दै आन्दोलित भएका छन् ।
नेकपा एमाले धनकुटा जिल्ला कमिटी सचिवालय सदस्य तथा जिल्ला प्रचार प्रमुख समेत रहेका नैन विश्वकर्माले प्रदेश न: १ को राजधानी धनकुटा भए पहाडी जिल्लाहरुको विकास हुने बताउनु भएको छ । धनकुटा जिल्लामा आवश्यक सम्पूर्ण पुर्वाधारहरु रहेको भन्दै उहाँले धनकुटालाई प्रदेशको राजधानी तोक्नका लागि राजनीतिक दलहरू लगायत सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् । हाल आएर विराटनगरलाई प्रदेशको राजधानी तोक्न पहल भईरहेको बेला उहाँले दुख व्यक्त गर्नुभएको छ । वास्तवमा विराटनगरमा प्रदेशको राजधानी नभएतापनि विकास हुने बताउनु भएको छ ।
पहाडी जिल्लाहरु विकासको हिसाबले पछाडि परेको भन्दै उहाँले धनकुटालाई राजधानी तोक्न जोड दिनु भएको छ । धनकुटामा राजधानी निर्माणको लागि आवश्यक पुर्वाधार रहेको जानकारी समेत गराउनु भएको छ ।
३ सय ९४ वटा सरकारी भवनहरु अहिले धनकुटामा खाली अवस्था रहेको र धनकुटाको छिमेकी जिल्लाहरुमा समेत मन्त्रीको कार्यालय लैजान सकिने कुरा बताउनु भएको छ । धनकुटाको चुलिवनमा मुख्यमन्त्री कार्यालय राख्ने प्रस्तावका साथ धनकुटालाई प्रदेशको राजधानी माग गरिएको बताउनु भएको छ । चुलिवनमा मुख्यमन्त्रीको कार्यालय स्थापना गर्नका लागि पानीको मात्र अभाव भएको र त्यहाँ तमोरबाट पानी पलम्पिङ गरेर ल्याउन सकिने कुरा समेत बताउनु भयो ।
धनकुटालाई प्रदेशको राजधानी बनाउन जोड दिदै उहाँले पहाडी जिल्लाको समृद्धिको निम्ति धनकुटालाई प्रदेश राजधानी तोक्न माग गर्नु भएको छ । धनकुटामा राजधानी बनाउन पुर्वाधारले नरोक्ने बताउनुभएको छ । भौगोलिक हिसाबले धनकुटा प्रदेश १ को केन्द्रमा रहेको भन्दै राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् ।
धनकुटालाई राजधानी बनाउन माग राख्दै धनकुटाबासी आन्दोलित छन् । आज धनकुटामा धनकुटाबासीले बजार तथा यातायात बन्दको अाव्हान गरेका थिए । बन्दकर्ताले बन्द अवज्ञा गरेको भन्दै धनकुटामा चार वटा सवारी साधनमा तोडफोड गरेका छन् । प्रादेशिक राजधानीको माग राख्दै आएका धनकुटावासीले गरेको बन्दका क्रममा दुई सरकारी, एक संस्थान र एक भाडाको सवारी साधनमा क्षति पुऱ्याएका छन् ।
मोरङ कारागारको को.१ झ ४८३ नंबरको जिप तथा को.१ झ १६९ नंबरको एक सरकारी नंबर प्लेटको गाडी तोडफोड गरिएको प्रहरीले जनाएको छ । यसैगरी ना.१ ज ६४११ नंबरको टाटा सुमो र ना ७ ख ४७६० नंबरको दूध बोक्ने गाडीमा पनि तोडफोड भएको प्रहरीले जनाएको छ। घटनास्थलमा नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको बाक्लो उपस्थिति छ।
सवारी साधनमा तोडफोड गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा संखुवासभाका सुमन कटुवाल छन्। अपरान्ह पॉच बजेदेखि बन्द फिर्ता लिने भनिए पनि पक्राउ गरिएपछि आन्दोलनरत पक्ष उत्तेजित बनेपछि त्यहॉको माहोल असामान्य बनेको छ। पक्राउ गरिएका कटुवाल प्रहरीको कुटाइबाट घाइते भएको स्रोतले जनाएको छ।
आन्दोलनरत पक्षले पक्राउ गरिएका व्यक्तिलाई मुक्त गरेपछि मात्र बन्दको कार्यक्रम फिर्ता लिने जनाएको छ। तर, स्थानीय प्रशासनले सवारी साधनमा तोडफोड गरेकोले बन्द आव्हानकर्ताबाट क्षतिपुर्ति दिनु पर्ने जनाएको छ। सार्वजनिक सम्पत्ति क्षति पुऱ्याउनेक्रम बढ्न सक्ने भन्दै कडाई गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए। उनले प्रशासनले भरपुर संयमता अपनाएको दाबी गरे।
बिहानैदेखि कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड बन्द गराएपछि यात्रु अलपत्र परेका छन्। बन्दका कारण दर्जनौं सवारी साधन धनकुटाको आत्मारा ढाट, जिरो प्वाइन्टलगायतका स्थानमा रोकिएका छन्। ती स्थानमा स्थानीयवासीले प्रदर्शन गरिरहेका छन्। बन्दकर्ताले मोटरसाइकल समेत रोकेपछि सर्वसाधारणलाई बढी असर परेको छ।