पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने सपना छ – नविना लामा


काठमाडौं । अनेरास्ववियुकी अध्यक्ष नविना लामाले आगमी फागुनमा विहे गर्ने पक्का भएको बताएकी छिन् । विहेको लागी तयारी भइरहेको लामाको भनाई छ । एक अनलाईन पत्रिकासँगको अन्तरवार्तामा नविनाले भनिन्,‘आगमी फाल्गुनमा मेरो विहे पक्का हो ।’

उनले अब विद्यार्थी आन्दोलनबाट विदा भएर पार्टीको कामसँगै परिवारलाई पनि समय दिने उनले बताइन् । ३३ पुरा भएर ३४ बर्षमा प्रवेश गरेकी नविना लामो समयदेखी प्रेममा छिन् ।

आफ्नो कार्यकाल विद्यार्थी आन्दोलन र अखिलको इतिहासमा सम्झिन योग्य कार्यकाल भएको बताइन् । लामो समयदेखी अबरुद्ध स्ववियु निर्वाचन हुनु र निर्वाचनमा अखिलले सफलता प्राप्त गर्नु उपलब्धी भएको उनको भनाई छ । आफ्नो कार्यकालमा पार्टी अभियान अखिलले महत्वपूर्ण भुमिका निर्वाह गरेको उनको भनाई छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अखिलको भुमिका महत्पूर्ण भएको उनको भनाई छ ।

काभ्रेपलान्चोक जिल्लाको चौरी देउराली ७ मा जन्मिएकी नबिना लामा काभ्रेपलान्चोक जिल्लाबाट प्रतिनिधि सभामा समानुपातिक तर्फबाट संसद भवन प्रवेश गर्ने भएकी लामा भन्छिन् ‘मेरो सपना एमालेको पार्टी अध्यक्ष र यो मुलुकको प्रधानमन्त्री बन्ने हो ।’